Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

पहिलो किस्ताबापतको रकम फिर्ता गर्दै भूकम्पपीडित

लमजुङ । जिल्लाका भूकम्पपीडितले रकम फिर्ता गर्न थालेका छन् । घर बनाउन आवश्यक नभएको भन्दै भूकम्पपीडितको पाउने पहिलो किस्ताबापतको रु ५० हजार बुझेकाले धमाधम फिर्ता गर्न थालेका हुन् ।

हालसम्म निजी आवस पुनःनिर्माण लाभग्राही सूचीमा परेका जिल्लाका विभिन्न स्थानका १७ भूकम्पपीडितले रकम फिर्ता गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका अनुसार राइनास नगरपालिकाका चार, दुधपोखरी गाउँपालिकाका तीन, दोर्दी गाउँपालिकाका दुई र मध्यनेपाल नगरपालिकाका दुई जना रहेका छन् । जिल्लामा कूल१४ हजार ६९६ लाभग्राहीमध्ये १३ हजार ७६४ संग सम्झौता भएको र तीमध्ये छ हजार १०४ ले तेस्रो किस्ता बापतको रकम बुझिसकेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये बेँसीशहर नगरपालिकामा रहेका कूल १३ हजार आठ लाभग्राहीमध्ये एक हजार २३५ ले पहिलो किस्ता, ८६५ ले दोस्रो र ६५१ ले अन्तिम तथा तेस्रो किस्ता लिएका छन् । त्यस्तै मध्यनेपाल नगरपालिकाका एक हजार ५५९ लाभग्राहीमध्ये एक हजार ४४४ ले पहिलो किस्ता, ७९५ ले दोस्रो र ४६० ले अन्तिम तथा तेस्रो किस्ता लिएका छन् । सुन्दरबजार नगरपालिका दुई हजार ३६८ लाभग्राहीमध्ये दुई हजार १४२ ले पहिलो किस्ता, एक हजार ५७० ले दोस्रो र एक हजार ६१ ले तेस्रो किस्ता लिएका छन् । क्व्होलासोथर गाउँपालिकाका कूल ३७९ लाभग्राहीमध्ये २७१ ले पहिलो किस्ता, ९३ ले दोस्रो र ६८ ले अन्तिम किस्ता बुझेका छन् ।

राइनास नगरपालिकाका कूल तीन हजार २११ लाभग्राहीमध्ये दुई हजार ९८१ ले पहिलो किस्ता, दुई हजार २७० ले दोस्रो र एक हजार ४७० ले अन्तिम किस्ता बुझेका छन् । त्यस्तै दोर्दी गाउँपालिकाका कूल दुई हजार ३२४ लाभग्राहीमध्ये दुई हजार २५४ ले पहिलो किस्ता, एक हजार १७४ ले दोस्रो र ९०८ ले अन्तिम किस्ता बुझेका छन् । दूधपोखरी गाउँपालिकाका दुई हजार ४४७ लाभग्राहीमध्ये दुई हजार ३५६ ले पहिलो किस्ता, एक हजार ९३६ ले दोस्रो र एक हजार १३२ ले अन्तिम किस्ता बुझेका छन् ।

त्यस्तै मस्र्याङ्दी गाउँपालिकाका कूल एक हजार १०० लाभग्राहीमध्ये एक हजार ३९ ले पहिलो किस्ता, ५४० ले दोस्रो र ३५३ ले अन्तिम किस्ता बुझेको प्राधिकरणले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending