Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

अग्नि सापकोटालाई सभामुख नबनाउन अपील

काठमाडौं । राजनीतिक भागबण्डाको आधारमा संक्रमणकालीन न्याय आयोगहरूमा नाम सिफारिस भएलगत्तै प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएका अग्नि सापकोटालाई सभामुख नबनाउन सार्वजनिक अपील गरिएको छ।

आजको नागरिक दैनिकमा खबर छ - काभ्रेका अर्जुन लामालाई अपहरणपश्चात हत्यामा संलग्न भएको भन्दै किटानी जाहेरी दर्ता भइसकेका नेकपाका पोलिटब्युरो सदस्य सापकोटालाई सभामुख पदको निर्वाचनमा मनोनयन गरिएकोप्रति अधिकारकर्मीले आपत्ति जनाएका हुन्।

‘घटनाक्रमले नेपालमा कानुनी शासनको धज्जी उडाएको, मानवअधिकारका दायित्वलाई लत्याएको, न्यायका लागि अनवरत संर्षरत पूर्णिमाया लामालगायत आम पीडित समुदायको घोर अपमान गरेको छ,’ सार्वजनिक अपीलमा भनिएको छ।

आगामी मार्चमा संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा हुने नेपालको मानव अधिकार अवस्थाको बारेमा छलफल हुँदैछ। संक्रमणकालीन न्यायमा राजनीतिकरणले नेपालको मानवअधिकार छबिलाई अन्तराष्ट्रिय क्षेत्रमा थप बदनाम बनाउने भन्दै चिन्ता गरिएको छ।

तत्कालीन नेकपा माओवादीका केन्द्रीय नेता सापकोटा लगायतलाई काभ्रेका अर्जुन लामालाई २०६२ साल वैशाख १६ मा अपहरण गरी बेपत्ता बनाइएको थियो।

त्यसै सालको साउनमा मृतक आफैंलाई खाडल खन्न लगाई जीवितै पुरी हत्या गरेको आरोपमा लामाकी पत्नी पूर्णिमायाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दरखास्त दर्ता गरेकी थिइन्।

सापकोटालाई सभामुख नबनाउन अपिल गर्नेमा हरि शर्मा, कनकमणि दीक्षित, चरण प्रसाईं, कपिल श्रेष्ठ, टीका ढकाल, सुमन अधिकारी, राजुप्रसाद चापागाईं, ओमप्रकाश अर्याल, पुष्पराज पौडेल, राजनप्रसाद कुइँकेल, इन्दु तुलाधर, अनिता थपलिया, सिर्जना पोखरेल, गोपाल शाह, फडिन्द्र लुइँटेल, मोहन परियार, ओमप्रकाश सेन ठकुरी, सोमप्रसाद निरौला, विकास बस्नेत, निराजन थपलिया, बद्रीप्रसाद भुसाल, नितु पोखरेल, नेत्रबहादुर भण्डारी, भक्त विश्वकर्मा, कमलबहादुर बसेल, कृष्ण राउत, सुभाष तिमल्सिना रहेका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending