Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

नक्कली लाइसेन्सधारीको अन्त्य नभएसम्म सडक दुर्घना न्यूनिकरण हुन सक्दैन : नेता शर्मा

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले नक्कली लाइसेन्सका कारण सवारी दुर्घटना बढेको बताएका छन् ।

मंगलबार राष्ट्रियसभा अन्तर्गतको दीगो विकास र सुशासन समितिको बैठकमा बोल्दै सांसद शर्माले अहिले धेरै सडक दुर्घटना फर्जी लाइसेन्स लिने चालकका कारण भएको दावी गरेका छन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङतर्फ इंगित गर्दै मन्त्रीले हेर्न चाहे नक्कली लाइसेन्सधारी १५/२० जना समितिमा ल्याउन सक्ने बताए ।

उनले आफ्नो छोराको उदारण पेश गर्दै भने, ‘मेरो जेठो छोराले लाइसेन्स लिन ४ पटक सम्म गाडीको ट्रायल दियो तर फेल भयो । तर मेरो पहिलाका पिएसओसँग लाइसेन्स थियो, उसले गाडी चलाउन जानेको थिएन । जनमुक्ति सेनाबाट आएको पीएसओले गाडी चलायो, तीन चार ठाउँमा ठोक्यो, पैसा पनि उसैले तिर्‍यो ।’

उनले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयले ड्राइभरलाई तालिम दिने स्कूल बनाउनुपर्छ मन्त्रीज्यू । त्यो स्कूलबाट पास भएका व्यक्तिहरुलाई यातायात व्यवस्था विभागले लाइसेन्स दिने व्यवस्था भयो भने मात्रै सडकमा परिवर्तन आउन सक्छ ।’

सांसद शर्माले यातायात व्यवस्था विभागमा सरुवा मिलाउन कर्मचारी नेताहरुको घर घर धाउने प्रवृत्तिले यातायात क्षेत्र अस्तव्यस्त भएको बताए ।

यातायात व्यवस्था विभागमा सरुवा मिलाइदिनुस् भन्दै आउने कर्मचारीलाई आफूले हप्काएर पठाएको सांसद शर्माले बताए । उनले समितिको बैठकमा सहभागी मन्त्री नेम्वाङलाई यातायात व्यवस्था विभागमा नीतिगत सुधार गर्नका लागि आग्रह गरे ।

उनले स्थानीय तहमा जनप्रतिनिधिलाई डोजर किन्न रोक लगाउन समेत माग गरे । डोजर चलाउने तरिका नभएको बताउँदै सडक सुरक्षा विधेयक छिट्टै ल्याउन माग समेत गरे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: