Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

यौन हिंसाको मूल्य संसद् स्थगनसम्म

काठमाडौं । एकै क्षणको सन्कीपनबाट शुरू हुने यौन हिंसाको लागत विश्वले कति भोग्दै छ ? अनुसन्धानकर्ताहरू भन्छन्– ‘यौन हिंसाको आर्थिक भार धेरै मुलुकको वार्षिक बजेटभन्दा अधिक हुन्छ। यसको मानसिक र सामाजिक लागतको त कुनै हिसाब नै छैन।’

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - नेपालमै हेरौं– करिब चार महिनाअघि प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद् सचिवालयकी एक कर्मचारीसँग यौन दुव्र्यवहार गरेको आरोपमा कारबाहीमा परेपछि महरा र प्रभावित महिलाले मात्र होइन सिंगो समाजले त्यसको मूल्य चुकायो, चुकाइरहेको छ। न्यायिक प्रक्रियाका लागि पीडक र प्रभावितले अदालत र वकिलका लागि गरेको खर्च मात्र होइन, विगत एक महिनाभन्दा लामो समयदेखि मुलुकको सार्वभोम सर्वोच्च निकाय प्रतिनिधिसभा पनि चल्न सकिरहेको छैन।

यौन हिंसाको प्रत्यक्ष–परोक्ष असर र लागत कहाँसम्म पुग्दोरहेछ भन्ने प्रमाणका लागि यो उदाहरण पर्याप्त छ। गत आइतबार तेस्रोपटक प्रतिनिधिसभाको बैठक स्थगित भएको सूचना टाँसियो। महराको ठाउँमा अर्को सभामुख छान्न नसक्ने सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र यसका अध्यक्षद्वय केपी ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दोषी मान्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विज्ञप्ति निकाले पनि ‘महराद्वारा राजीनामा दिनुपर्ने काम नभएको भए यो नौबत नै आउने थिएन’ भन्ने तर्कलाई खण्डन गर्ने ठाउँ छैन।

परिणामतः पटक–पटक संसद् स्थगित भएका कारण लोकतान्त्रिक अभ्यासमा रहेको भनिएको सरकार र सत्ताधारी दल पनि बद्नाम भएका छन्– यसको प्रत्यक्ष–अप्रत्यक्ष लागतमा यौन हिंसाको हात देखिन्छ। प्रतिनिधिसभाको बैठक बस्न नसक्दा जनताका समस्या जनप्रतिनिधिहरूले उठाउन पाएका छैनन्।

प्रतिनिधिसभा स्थगित हुँदा दुई दर्जनभन्दा बढी विधेयकको काम–कारबाही अघि बढ्न सकेको छैन भने पाँचवटा विधेयकको प्रमाणीकरण रोकिएको छ। पार्टीभित्रको विवादले सार्वभौम संसद्को गरिमालाई घटाउने काम गरेको छ। एकातिर यौन हिंसाका कारण राष्ट्रिय ढिकुटीमै आघात पुगेको प्रतिनिधिसभाको बैठक स्थगित हुनुले पुष्टि गर्दछ भने पितृसत्तात्मक चिन्तनले दलका नेताहरूलाई सहज निकासको विकल्पमा जान पनि दिइरहेको छैन।

नेपालको संविधान–२०७२ को धारा ९१ ले प्रतिनिधिसभाका सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने व्यवस्था गरेको छ, उपसभामुख डा। शिवमाया तुम्बाहाम्फे नै सभामुखका लागि इच्छुक हुँदाहुँदै पुरुष पात्रको खोजीमा नेताहरू संसद्लाई अनिर्णको बन्दी बनाइरहेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending