Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

भक्तपुरमा भ्रमण वर्ष २०२० भव्य रूपमा शुरु हुँदै

भक्तपर । सरकारले एक वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ शुरु गर्न लागेको नेपाल भम्रण वर्ष (भिजिट नेपाल) २०२० शुरु हुन तीन दिन मात्रै बाँकी छ । यो समयमा भक्तपुरले पनि भ्रमण वर्षको भव्य स्वागत गर्दै विभिन्न कार्यक्रम गर्ने भएको छ ।

नेपाल भ्रमण वर्ष सफल पार्न जिल्लाका चारवटै नगरपालिकाले आ–आफ्नो योजना अघि सारेका छन् भने निजी क्षेत्रले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तय गरेका छन् । भ्रमण वर्षलाई स्वागत गर्दै सफल पार्न विभिन्न कार्यक्रको शुरुआत भइसकेको छ । ‘भ्रमण वर्षको पहिलो सूर्योदय नगरकोटमा’ भन्ने नाराका साथ जनवरी १ अर्थात् आगामी बुधबार १६ गते नगरकोटबाट बिहान सूर्योदयसँगै भ्रमण वर्षको स्वागत गरिने भएको छ ।

नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा रहेको भक्तपुरमा जिल्लास्तरीय सहजीकरण तथा आयोजक समितिले विभिन्न कार्यक्रम तय गरेको छ । भ्रमण वर्ष सन् २०२० को स्वागत गर्न सन् २०१९ को अन्तिम साँझ भक्तपुर नगरपालिकाले पाँचतले मन्दिरमा दीप प्रज्वलन गर्ने भएको छ । त्यसैगरी ‘सन् २०२० को पहिलो सूर्योदयलाई नगरकोट’ भन्ने नाराका साथ नगरकोटमा स्वागत गर्ने कार्यक्रम तय गरेको छ ।

सन् २०२० मा भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पाहुनालाई विशेष स्वागत एवं सम्मानको गरिने भएको छ । समितिले पर्यटकीय गन्तव्यको पहिचान गर्ने र बढीभन्दा बढी पर्यटक भित्र्याउन कार्यक्रम गर्ने तय गरेको जिजस प्रमुख एवं समितिका अध्यक्ष नवराज गेलालले जानकारी दिए ।

यता भक्तपुर नगरपालिकाले जनवरी १ का दिन भक्तपुर नगरपालिकाको नगर प्रवेश गर्ने पर्यटकलाई स्वागत गरेर भ्रमण वर्ष अभियानको शुरुआत गर्ने नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी चैत ४ गतेदेखि ८ गतेसम्म भक्तपुर महोत्सव २०७६ गर्ने जानकारी दिँदै उनले रात्रिकालीन पर्यटन विकास गर्न पर्यटकीय क्षेत्र तथा सम्पदास्थलमा सोलार र बिजुली बत्तीको व्यवस्था गरेको, पर्यटक बसपार्क, पर्यटक सूचना केन्द्र, पर्यटकका लागि स्तरीय शौचालय निर्माण गरिसकेको बताए । नगरपालिकाले भ्रमण वर्षको पूर्वसन्ध्यामा रात्रिकालीन सम्पदा भ्रमणसमेत गर्ने भएको छ ।

त्यसैगरी नगरकोट नाल्दुम पर्यटन विकास समितिले शनिबार भक्तपुरको चाँगुनारायण मन्दिरबाट नगरकोटसम्म पदयात्रा गरेको छ । भ्रमण वर्षको प्रचारप्रसार स्वरूप समितिले पदयात्रा गरेको हो भने पर्यटन वर्षलाई लक्षित गरी तीनदिने नगरकोट महोत्सवसमेत आयोजना गर्ने भएको छ ।

यता सूर्यविनायक नगरपालिकाले शिव परिपथ पदमार्ग निर्माण गर्ने भएको छ भने गुण्डु, अनन्तलिङ्गेश्वर, रानीकोट, घ्याम्पेडाँडा, सिपाडोल, नैचाल, आशापुरी हुँदै चित्तपोलको कैलाश महादेवसम्मको क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै अभियान सञ्चालन गर्ने भएको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए । साथै रानीकोट क्षेत्रमा दृश्यावलोकन स्तम्भसमेत बनाउने भएको छ । यहाँ पदमार्ग निर्माणका साथै निजी क्षेत्रबाट जीप राइडिङ, बञ्जीजम्प, प्याराग्लाइलिङ सञ्चालन गर्ने र होटलमा छुटको व्यवस्था गर्ने भएको व्यवसायी विज्ञान राईले जानकारी दिए ।

यता मध्यपुरथिमि नगरपालिकाले सम्पदा संरक्षण गर्दै पर्यटकलाई सम्पदा अवलोकन र परम्परागत विभिन्न पेशाहरुको प्रवद्र्धन तथा अवलोकन गराउने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिकाले चाँगुनारायणबाट नगरसम्म सम्पदा एवं प्राकृतिक सौन्दर्यको अवलोकन गराउने, पदयात्रा गराउने, पर्यटकको बसाइँ लम्ब्याउने कार्यक्रम ल्याउने गरी तयारी गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । भक्तपुरमा स्थानीय तहदेखि निजी क्षेत्रसमेत सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष सफल पार्न कार्यक्रम तय गर्दै सार्वजनिक गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: