Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

भ्रमण वर्ष : उपर्दाङगढी र चेपाङ जीवन शैली हेर्न जाऔँ

मुग्लिन । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको छ । पर्यटकीय दृष्टिले प्रचूर सम्भावना बोकेको धार्मिक सांस्कृतिक तथा प्राकृतिक सम्पदा भए पनि प्रचारप्रसारको अभाव रहेको छ ।

समितिमा जनप्रतिनिधिसहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार पर्यटन व्यवसायी, लगायतलाई समेटिएको उनले जानकारी दिए । भ्रमण वर्षलाई सफल बनाउन यहाँका पहिचान भएका पर्यटकीयस्थलको प्रचारप्रसार तथा नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्ने विषयमा समेत छलफल गरिएको छ ।

इच्छाकामनामा चितवन जिल्लाकै अग्लो भूमि सिराइचुली, जिल्लाको पुरानो सदरमुकाम ऐतिहासिक उपर्दाङगढी, ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर, बालगौरी मन्दिर, लामो झरना त्रिशूलीमा ¥याफ्टिङ, काउलेमा चेपाङ बस्ती, याकराङमा गुरुङ बस्तीलगायत महत्वपूर्ण पर्यकटीयस्थल छन् ।

गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलसम्म पुग्नका लागि सडक तथा गोरेटो बाटोलाई स्तरोन्नति कार्यलाई तीव्र गतिमा अघि बढाइएको जनाइएको छ । साथै जनजाति बस्तीमा घरबास (होमस्टे) सञ्चालनका लागि गाउँपालिकाले आर्थिक सहयोग गरिरहेका छन् ।

साविकको दारेचोक, चण्डिभञ्ज्याङ, काउले र दाहाखानी गाउँ विकास समिति मिलेर बनेको इच्छाकामना गाउँपालिकामा पाँच हजार बढी घरधुरी छन् । पछिल्लो जनगणनाअनुसार २५ हजार जनसङ्ख्या छ । नौ हजारभन्दा बढी चेपाङ समुदाय रहेका छन् । यहाँ आउने पर्यटकका लागि चेपाङ समुदायको जीवनशैली अध्ययन गर्ने अवसर मिल्नेछ जसले फरक अनुभूति दिलाउनेछन् ।

गोरखाको शहीद लखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जानका लागि सञ्चालन गरिएको मनकामना केबलकारको प्रवेशद्वार बटम स्टेशन पनि इच्छाकामना गाउँपालिकामा नै पर्दछ । मनकामना मन्दिर जाने पर्यटकलाई मनकामना माताको दिदीबहिनीमध्ये एक मानिने इच्छाकामना मन्दिरसम्म आउन प्रेरित गरिने अध्यक्ष गुरुङले बताए। केबलकार चढेर दैनिक तीन हजार ५०० को हाराहारीमा दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्दछन् ।

प्रचारप्रसारका लागि पछिल्लो समय गाउँपालिकाले भिजिट इच्छाकामना अभियानसमेत सञ्चालन गरेको छ । जिल्लाका अन्य स्थानीय तह प्रायः समथर भू–भाग पर्छन् । आम मानिसले चितवन भन्नेबित्तिकै समथर भू–भाग भन्ने बुझ्छन् । तर इच्छाकामना पहाडी भूगोल भएको गाउँपालिका हो । पहाडी भूगोल भए पनि निकै सुन्दर यहाँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: