लम्की । कैलालीको टीकापुर नगरपालिकाले शुरु गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रममार्फत टीकापुरका ९६ जना बालिकाको बैंक खाता खोलिएको छ । बालविवाह अन्त्य गर्ने उद्देश्यले कैलालीको नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमको शुरु गरेपछि साउनयता ९६ जना छोरीको बैंक खाता खोलिएको हो ।
नगरपालिकाले कार्यविधि बनाएर साउनदेखि यो कार्यक्रम लागू गरेपछि अभिभावकसमेत खुशी भएका छन् । नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ निर्माण गरेको छ । गएको साउन १७ गते बसेको नगरसभाले कार्यविधि स्वीकृत गरेपछि त्यहीअनुसार काम गरिरहेको नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल बताउछन् । “बालविवाह न्यूनीकरणका साथै समाजमा छोरीको महत्व बुझाउन यो कार्यक्रम सहयोगी बन्नेछ”, नगर प्रमुख रावलले भने, “यहाँ अहिले पनि १७ प्रतिशत किशोरी आमाहरु छन्, बालविवाह गर्नेको सङ्ख्या त अझ बढी होला, त्यसकारण यो कार्यक्रम अघि सारेका हौँ ।”
उनी यो कार्यक्रमले जन्मिने बित्तिकै छोरीको जन्मदर्ता बन्ने भएकाले उसको जन्मने बित्तिकै अधिकार स्थापित हुने बताउनुभयो । “जन्मदर्ता बन्छ, छोरी र नगरपालिकाको नाममा संयुक्त खाता खोलिन्छ”, रावलले भने, “२० वर्षपछि विवाह गर्ने छोरीलाई मात्र वार्षिक रु एक हजारका दरले एकमुष्ट २० हजार नगरपालिकाले दिनेछ । यसले छोरीको सम्मान र समाजमा महत्व बढाउँछ ।”
कार्यविधिमा आर्थिक वर्ष २०७६÷७७ को साउन १ गतेदेखि जन्मिएका बालिकाको हकमा मात्र यो कार्यविधि आकर्षित हुने र टीकापुर नगरपालिकाको स्थायी बासिन्दा भई सम्बन्धित वडाको सिफारिस भएको हुनुपर्ने उल्लेख गरिएको छ । मङ्सिर मसान्तसम्म कार्यक्रमअन्तर्गत टीकापुर नगरपालिकाको कार्यालयमा साउनयता जन्मिएका ९६ छोरीहरूको दर्ता भएको टीकापुर नगरपालिका महिला बालबालिका उपशाखा संयोजक सङ्गीता शाहले जानकारी दिनुभयो । “आजभोलि छोरी जन्मने बित्तिकै अभिभावक जन्मदर्ता गर्न आउँछन्”, शाहले भन्नुभयो, “विगतमा आवश्यक परेमात्रै जन्मदर्ता गर्ने चलन थियो, यो कार्यक्रमले समयमै घटना दर्ता गर्ने बानीको समेत विकास भएको छ ।”
नगरपालिकामा दर्ता भएका छोरीहरुको नाममा खाता खोली नगरपालिकाले प्रत्येक वर्ष रु एक÷एक हजारका दरले २० वर्षसम्म रकम जम्मा गर्छ । यो कार्यक्रमका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले छोरीहरुको नाममा खाता खोली रकम जम्मा गरी दिन थालेपछि अभिभावक खुशी भएका छन् । टीकापुर–३ की रेश्मा शाहकी छोरी भदौमा जन्मिइन्, जन्मेको २० दिनमा छोरीको जन्मदर्ता गराइयो । अब वार्षिक रु एक÷एक हजार नगरपालिकाले राखिदिने भएको छ । “म निकै खुशी छु, छोरीप्रति सरकारले सम्मान गरेको छ”, शाहले भन्नुभयो, “छोरीप्रतिको विभेद घटाउन यस्तै कार्यक्रम गर्न आवश्यक छ ।”
सन् २०३० सम्ममा राष्ट्रिय परिभाषाअनुसार गरिबी र यसका सबै आयाममा बाँचिरहेका पुरुष, महिला तथा सबै उमेरका बालबालिकाको अनुपात कम्तीमा आधाले घटाउने दिगो विकासको लक्ष्यमा भनिएको छ । त्यो लक्ष्य पूरा गर्न ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमले सहयोग गर्ने जनप्रतिनिधिको विश्वास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: