भक्तपुर । यहाँको हनुमन्ते खोलामा निर्माण भइरहेको हनुमन्ते करिडोरको सङ्घीय संसद् विकास तथा प्रविधि समितिले स्थलगत अनुगमन गरेको छ । समितिका सभापति कल्याणी खड्काको नेतृत्वको टोलीले बुधबार बालकुमारीदेखि जडीबुटी हुँदै राधेराधेसम्मको हनुमन्ते नदी किनारामा निर्माण भइरहेको करिडोरको स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो ।
अनुगमन निरीक्षणमा सभापति खड्काले जडीबुटी–कोटेश्वरको सवारी जामको हल गर्न पनि हनुमन्ते करिडोर निर्माण कार्य छिटो र छरितो ढङ्गले सम्पन्न गर्न सबै लाग्नुपर्ने बताए । विकास निर्माणका कार्यमा जुनसुकै ठाउँमा पनि समस्या आउनसक्ने भएकाले समस्यालाई वार्ता र छलफलका माध्यमबाट समस्या समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
करिडोरको दायाँबायाँ निर्माण गरिने सडकको चौडाइ जतिसक्दो ठूलो बनाउनुपर्नेमा जोड दिँदै उनले एक छिनको समस्याले गर्दा भविष्यलाई नै असर पर्ने गरी काम गर्नु नहुनेमा जोड दिए । स्थानीय तहले करिडोर निर्माणमा उत्पन्न गरेको समस्यालाई समितिले विशेष पहल गरी समाधानको उपाय निकाल्ने उल्लेख गर्दै उनले सार्वजनिक जग्गा व्यक्तिको नाममा लगिएका सम्पूर्ण जग्गा पुनःसार्वजनिक नै बनाउन समितिले विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
सांसद महेश बस्नेतले करिडोर निर्माणलाई तीव्रता दिइ कोटेश्वर–जडीबुटीको जामलाई न्यूनीकरण गर्न हनुमन्ते तथा मनोहरा नदीको करिडोर सम्पन्न गर्नु अपरिहार्य रहेको बताउनुभयो । सांसद बस्नेतले करिडोर अरनिको राजमार्गको वैकल्पिक मार्गका रुपमा प्रयोगमा आउने बताउँदै करिडोरसँग जोड्न रिङ रोडसमेत तीव्र गतिका साथ निर्माण भइरहेको जानकारी गराए ।
मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाले जग्गा एकीकरण आयोजनाका माध्यमबाट समस्या समाधानको बाटोमा अघि बढेको जानकारी गराउँदै करिडोरको दायाँबाँया २०–२० मिटरको सडक भए पनि ११–११ मिटर सडक र बाँकी ९–९ मिटरमा हरियाली बनाउने लक्ष्य रहेको समितिको टोलीलाई सांसद बस्नेतले जानकारी गराए ।
अनुगमनमा खानेपानी मन्त्रालयअन्तर्गतको पिआइडीका प्रतिनिधि भोजविक्रम थापाले उपत्यकाको फोहर पानी तथा ढलको प्रशोधन गरी मल तथा बायोग्यास निर्माणको कार्य तीव्र गतिमा भइरहेको बताए ।
उनले प्रशोधित पानी नदीमा बग्न थालेपछि उपत्यकाको वातावरणमा भएको प्रदूषण न्यूनीकरण हुने दाबी गर्दै ४० करोड लिटर फोहर पानी तथा ढल सङ्कलन गरी मल तथा बायोग्यास निकाल्ने लक्ष्य रहेको जानकारी गराए । हाल भने एक हजार ३४० लिटरको फोहर पानी तथा ढल प्रशोधित गर्ने कार्य भइरहेको जानकारी गराए।
वाग्मती आयोजनाका प्रतिनिधि लीलाप्रसाद ढकालले सम्बन्धित निकायसँगको छलफल र सहयोगमा ढललगायतका कार्य गरिरहेको जानकारी गराए । उनले हनुमन्ते नदीको करिडोर निर्माणमा जनप्रतिनिधिले लिखितरुपमा रोक्न निर्देशन दिएकाले निर्माण कार्यमा कठिनाइ हुँदै आएको टोलीलाई जानकारी गराए ।
करिडोर निर्माणको पहिलो चरणको काम सकिएपछि दोस्रो चरणअन्तर्गत रु एक अर्ब ९९ करोडको लागतमा निर्माण कार्य भइरहेको छ । एकतर्फी करिब आठ किलोमिटर तथा दुईतर्फी गरी करिब १६ किलोमिटर करिडोर निर्माण गरिनेछ ।
उक्त करिडोरमा हनुमन्ते नदीको पानी बग्ने भाग २० मिटर तथा दायाँबाँया करिडोर २०–२० मिटर गरी कूल ६० मिटर चौडाको करिडोर निर्माण हुने भएको छ भने सडकको बीच भागमा नौ मिटरको हरियाली निर्माण गरिने छ ।
शहरी विकास मन्त्रालयअन्तर्गत उच्चस्तरीय अधिकार सम्पन्न एकीकृत वाग्मती परियोजना एकाइ समितिद्वारा निर्माण कार्य भइरहेको उक्त करिडोर भक्तपुरका लागि मात्र नभई उपत्यकावासीका लागि नै विकासको महत्वपूर्ण मेरुदण्डका रुपमा रहेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: