Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

कुखुरा तथा अण्डाको मूल्य निर्धारणपछि कृषक उत्साहित

बेझाड । कुखुरा तथा अण्डाको बजार मूल्य नपाएर हैरानी खेपेका रामपुरका कृषक बजार मूल्य निर्धारण भएपछि उत्साहित भएका छन् । लागत नै नउठ्ने गरी बिक्री गर्न बाध्य यहाँका कुखुरापालक कृषक निश्चित मूल्य कायम भएपछि खुशी छन् ।

जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो रु २००, मासु प्रतिकिलो थोक रु ३०० र खुद्रा मूल्य प्रतिकिलो रु ३४० दरभाउ कायम गरिएको रामपुर नगरपालिका पशुसेवा शाखा प्रमुख मोहनप्रसाद भट्टराईले बताए । ठूला अण्डाको खुद्रा मूल्य प्रतिपेटी रु दुई हजार ३००, साना अण्डाको रु दुई हजार २०० मूल्य कायम भएको छ । थोक मूल्य ठूला अण्डाको प्रतिपेटी रु दुई हजार २०० र साना अण्डाको रु दुई हजार १०० मूल्य कायम भएको छ ।

“कृषकले लागतअनुसार मूल्य नै नउठ्ने गरी कुखुरा बिक्री गर्छुभन्दा पनि बिक्री गर्न नसक्ने अवस्था, बाहिरबाट सस्तो मूल्यमा कुखुरा भित्रने र यहाँको उत्पादनले बजार नपाउदा कृषक मारमा परेको गुनासो आएपछि सरोकारवालाको बैठक बसेर निश्चित दरभाउ कायम गरेका छौँ”, उनले भने ।

कुखुरापालन व्यवसायबाट राम्रो आम्दानी गर्ने सोच बनाएका कृषकले लगानी पनि नउठ्ने गरी दिन खोज्दा व्यापारीले खरिद गर्न आलटाल गर्ने गरेको व्यवसायी कृषक मेगराज न्यौपाने बताउछन् । अहिले भने निश्चित दरभाउ कायम गरेपछि व्यवसायमा हौसला बढेको उनी बताउछन् ।

रामपुर कुखुरापालक कृषक समूहका अध्यक्ष धातानन्द अर्यालले बाहिरबाट कुखुरा सस्तो मूल्यमा व्यापारीले खरिद गर्ने र महङ्गो मूल्यमा उपभोक्तालाई बेच्ने प्रवृत्तिले स्थानीय उत्पादनले बजार नपाएको बताउछन् । “अब मूल्य कायम गरिएपछि कृषकले ठूलो राहत पाएको महसुस गरेका छन्, यसलाई नियमित अनुगमन र बाहिरबाट भित्रने कुखुरा निरुत्साहित नै पूर्ण रुपमा गर्न सकियो भने कृषकको पनि आयस्रोत बढ्नेछ”, अर्यालले भने ।

जिउँदो कुखुराको मूल्य प्रतिकेजी रु १६० को हाराहारीमा बिक्री गर्न खोज्दा पनि बजार नपाएर हैरानीमा परेका कृषक अब भने निश्चित दरभाउ कायम भएपछि उत्साहित भएका छन् । अण्डा उत्पादक कृषक पनि बिचौलियाको चरम मारमा छन् । स्थानीय उत्पादनले बजार पाउँदैन तर बाहिरबाट ल्याइएका अण्डाले रामपुर बजार ढाकेको छ । निश्चित दरभाउ कायम गरिएपछि व्यवसायमा हौसला बढेको अण्डा व्यवसायी भुवन अर्यालको भनाइ थियो ।

“बाहिरबाट आएका अण्डाले बजार भाउ लिइरहेको, स्थानीय उत्पादनले बजार नपाउने समस्याले व्यवसाय गर्ने कि छाड्ने अवस्थामा रहेकाबेला रामपुर नगरपालिकामा ढिलै भए पनि दरभाउ तोकिएकोमा खुशी लागेको छ”, अर्यालले भने । रामपुर बजारमा दैनिक आठ हजार अण्डा खपत भइरहेको छ । रामपुर नगरपालिकाभित्र अण्डा उत्पादन गर्ने चार वटा व्यावसायिक फार्म छन् । यहाँ दैनिक पाँच हजार अण्डा उत्पादन हुने गरेको छ तर बजार पाउन सकस छ । यहाँ उत्पादन भएको अण्डा प्रतिगोटा रु ९ मा बिक्री भइरहेपनि उपभोक्ताले भने रु १५ मा खरिद गर्न बाध्य थिए । अहिले कुखुराको दानाको मूल्य बढेको छ ।

रामपुर नगरपालिकालाई कुखुरामा आत्मनिर्भर गराउन बाहिरबाट यहाँ भित्रने कुखुराहरु कम गरी यहीको उत्पादनलाई प्राथमिकता दिएपछि कृषक आत्मनिर्भर हुने आर्थिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता हुमनाथ न्यौपाने बताउछन् । “रामपुरको उत्पादनले बजार थेग्न सक्ने अवस्था हुँदासम्म बाहिरबाट कुखुरा ल्याएर किनबेच गर्ने कार्यलाई रोक्ने अभियानमा छौँ र बाहिरबाट ल्याउन लैजान परेमा पशुसेवा शाखाबाट अनुमती लिनुपर्नेछ”, उनले भने ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending