Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

केराका यी फाइदा थाहा पाएपछि सधैं खानुहुनेछ तपाईं

\"woman-eating-banana\"२१ असार । केरा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । दैनिक एक केरा खानाले तन– मन दुबै ताजा रहन्छ । केरा सुगर र फाइबरको राम्रो स्रोत मानिन्छ । यसमा थाइमिन, नियासिन र फोलिक एसिडको रपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । केरालाई उर्जाको राम्रो स्रोत मानिन्छ । यसमा पानीको मात्रा ६४.३ प्रतिशत, प्रोटिनको १.३ प्रतिशत, काब्रोहाइड्रेट २४.७ प्रतिशत र चिल्लो पदार्थ ८.३ प्रतिशत पाइन्छ । आज हामी तपाईंलाई केरा खानुको फाइदा के के छन्ः केराको लाभः –    केरामा पोटासियम पाइन्छ जुन रक्तचाप बिरामीका लागि निकै फाइदाजनक मानिन्छ । –    धेरै रक्सी खाँदाको ‘ह्याङओभर’ लाई उतार्नको लागि केराको मिल्क सेक निकै फाइदाजनक हुने गर्दछ । –    केराको सेकले पेटलाई चिसो बनाउने गर्दछ । –    केराले रक्तचाप नियन्त्रण गर्ने गर्दछ । –    केरामा धेरै मात्रामा फाइबर पाइन्छ । –    केराले पाचन क्रियालाई सुचारु गर्ने गर्दछ । –    अल्सर बिरामीका लागि केराको सेवन फाइदाजनक मानिन्छ । –    केरामा आइरनको मात्रा भरपूर हुने भएकाले रगतमा हेमोग्लोबिनको मात्रा बढ्ने गर्दछ । –    तनाव कम गर्नमा पनि केराले सहयोगी भूमिका खेल्ने गर्दछ । –    केरामा ट्राइप्टोफान नामक एमिनो एसिड हुने गर्दछ जसले मूडलाई रिल्याक्स गर्ने गर्दछ । केराका अन्य फाइदाः मुटुका लागि मुटु रोगीहरुका लागि केरा निकै फाइदाजनक हुनेछ । हरेक दिन दुईवटा केरालाई महमा मिसाएर खाँदा मुटु बलियो हुन्छ । नाथ्री फुट्ने समस्या भए यदि नाकबाट रगत आउने समस्या छ भने एक हप्तासम्म चिनी मिसिएको दुधसँग केराको सेवन गर्नुहोस् । तौल बढाउनका लागि तौल बढाउन केराले निकै फाइदा पुर्याउने गर्दछ । हरेक दिन केराको शेक पिउँदा पातला मानिसहरु मोटो हुने गर्दछन् । गर्भवतीका लागि गर्भावस्थामा महिलालाई सबैभन्दा बढि भिटामिन र मिनरल्सको आवश्यकता पर्ने गर्दछ त्यसकारण गर्भवतीलाई आफ्नो आहारमा केरालाई संलग्न गर्न डाक्टरहरुले सल्लाह दिन्छन् । बच्चाहरुका लागि बच्चाको विकासका लागि केरा निकै फाइदाजनक मानिन्छ । केरामा मिनरल र भिटामिन पाइन्छ जसको सेवनले बच्चाहरुको राम्रोसँग विकास हुने गर्दछ । वृद्धाहरुका लागि फाइदाजनक केरा केरा वृद्ध/वृद्धाहरुका लागि सबैभन्दा राम्रो फल मानिन्छ । किनभने यसलाई निकै सजिलै बोक्रा छोडाएर खान सकिन्छ । यसमा भिटामिन–सी, बीसिक्स फाइबर हुने गर्दछ जुन बढिरहेको उमेरका लागि आवश्यक मानिन्छ । वृद्धावस्थामा पेटको समस्या हुने गर्दछ र त्यसलाई केराले समाप्त गरिदिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending