Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

काठमाडौंमा आशा भोस्ले

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बलिउडकी चर्चित गायिका आशा भोस्लेले काठमाडौंमा सांगीतिक प्रस्तुति दिने भएकी छन्। ६० भन्दा बढी नेपाली गीत गाएकी भोस्लेले आगामी शनिबार सोल्टी होटेलमा आफ्नो एकल सांगीतिक प्रस्तुति दिन लागेकी हुन्। उनी यो सांगीतिक प्रस्तुतिसँगै पाँचदिने नेपाल भ्रमणका लागि आउन लागेकी हुन्। यसअघि एक पटक नेपाल आएकी उनको सांगीतिक प्रस्तुति भने यो नै पहिलो हुनेछ। उनी बुधबार नेपाल आइपुग्दै छिन्।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - साधना कला केन्द्रको निमन्त्रणामा उनी नेपाल आउन लागेकी हुन्। संगीतकार रञ्जित गजमेरको संगीतमा भोस्लेले गीत गाउने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए। शनिबार राजधानीमा आयोजना हुने सांगीतिक कार्यक्रममा उनलाई नेपालका तीन दर्शनभन्दा बढी कलाकारले साथ दिनेछन्। भोस्लेको प्रस्तुतिमा प्रेमध्वज प्रधान, इन्द्रजित मिझार, बुद्ध लामा, रामकृष्ण ढकाल, उदय सोताङ, भारती घिमिरे, स्मिता दाहाल, प्राश्ना शाक्य, त्रृशला गुरुङ, गायत्री त्रिपाठी, मनोज राज, निशान भट्टराई सुमित पाठकलगायतका गायकगायिकाले साथ दिनेछन्। पुस ११ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने रञ्जित गजमेरको सांगीतिक कार्यक्रममा भोस्ले प्रमुख अतिथि बन्ने छिन्।

भोस्लेले गाएका ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘साउने झरीमा’, ‘पहाडको माथिमाथि’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘टाढा भई नजाऊ, ‘गैरी खेतको शिरै हान्यो, ‘एउटा मान्छे मन पर्छ’,‘मोहनी लाग्ला है’ लगायत दर्जनौं नेपाली गीत कालजयी छन्। सबैभन्दा धेरै गीत गाएर सन् २०११ मा गिनिज बुकमा नाम लेखाएकी भोस्लेले संगीतकार गजमेरको सम्पर्कमा नेपाली गीत गाएकी हुन्। गजमेरकै संगीतमा ‘झझल्को लिएर आयो सावन’ उनले गाएको पहिलो नेपाली गीत हो।

८० वर्षीया गायिका भोस्लेले नेपाल बसाइका क्रममा लुम्बिनी, पोखरा, मुक्तिनाथ, पशुपतिनाथलगायतका क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको मोक्तानले जानकारी दिए। यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजित मिजारलगायतका कलाकार नेपाल आइसकेका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending