Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

हात्तीढुङ्गालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न माग

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१४ को ड्वाङपुरमा मा रहेको माटोको ढिस्केको माथिबाट हात्ती जस्तै देखिने ढुङ्गा (हात्तीढुङ्गा) अवलोकन गर्नका लागि अहिले आन्तरिक पर्यटक जाने गरेका छन् । धेरै वर्षदेखि माटोको ढिस्काको माथिबाट ढुङ्गा रहे पनि अहिलेसम्म जस्ताको तस्तै रहेको स्थानीयवासी बताउँछन् ।

गत वर्षबाट जिल्लाका विभिन्न ठाउँबाट पर्यटक आउने गरेको स्थानीय ४६ वर्षीय पूर्णबहादुर चौधरीले सदस्य चौधरीले बताए । उनले भने “हामी सानामा यहाँ गाई बाख्रा चढाउन आउँथ्यौँ, पहिले जस्तो थियो अहिले पनि उस्तै छ यसका बारेमा अब खोजी गरिनुपर्छ ।”

चौधरीका अनुसार अहिले दैनिक १५ देखि २० जनासम्म यसको अवलोकन गर्न आउँछन् । कुनै शनिबार र बिदाका दिनमा त धेरै जना आउँछन् । अब यसलाई संरक्षण गरी पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सबै लाग्नुपर्छ । यसले यस क्षेत्रको प्रचारप्रसार र पूर्वाधार विकासमा पनि सहयोग पुग्ने उहाँको विश्वास छ ।

सोही ठाउँकी ४० वर्षीया अष्टुमी चौधरीले पनि अहिले टाढाबाट ढुङ्गा हेर्नका लागि आफ्नो गाउँमा नयाँनयाँ मानिस आउँदा खुशी लागेको बताए । उनले भने, ‘‘अब हामी स्थानीयले पनि त्यसलाई संरक्षण गर्नुपर्छ भनी अभियान शुरु गरिसकेका छौँ । यसरी सधैँ नयाँ नयाँ मानिस यहाँ आएपछि अब हामीले उत्पादन गरेका तरकारी, तोरी, चना, घरबाटै पनि बिक्री हुनेछन् ।’’

हात्तीढुङ्गाको अवलोकन गर्न शनिबार पुग्नुभएकी तुलसीपुर उपमहानगरपालिका–६ की २५ वर्षीया उर्मिला ढकालले भन्नुभयो, ‘‘आफूले धेरै वर्षदेखि त्यहाँ माटोको ढिस्कामाथि ठूलो ढुङ्गा रहेको भन्ने सुनेकी थिएँ । आज श्रीमान्सँगै गएर अवलोकन गर्दा आफू अचम्म परेँ ।’’

सरकारले भ्रमण वर्ष २०२० मनाइरहँदा यस्ता लुकेका सम्पदा र रमणीय स्थलको खोजी गरिनुपर्ने उनको सुझाव छ । तुलसीपुर उपमहानगरपालिका–१४ का वडाध्यक्ष पर्शुराम चौधरीले धेरै वर्षदेखि अलपत्र अवस्थामा रहेको हात्तीढुङ्गाको संरक्षणमा स्थानीय सरकार र यहाँका नागरिकको सक्रियता बढिरहेको बताए ।

उनले हात्तीढुङ्गासँगै विभिन्न ऐतिहासिक र पौराणिक कुरा जोडिएको भन्दै त्यसको खोज र अनुसन्धान गरिनुुपर्ने बताए । उनले पछिल्लो समयमा यहाँका नागरिक पनि यसको संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि सक्रिय भएका छन् । स्थानीयवासी बलबहादुर विक अध्यक्ष रहेको संरक्षण समिति पनि गठन गरिसकेका छन् वडाध्यक्ष चौधरीले बताए । उनले यसको संरक्षण र पर्यटकीयरुपमा वडाबाट पनि बजेट केही खर्च गरिने तर यो पर्याप्त हुँदैन तुलसीपुर उपमहानगरपालिका र प्रदेश सरकारबाट पनि यसका लागि बजेट छुट्याउनुपर्ने उनको भनाइ छ ।

हात्ती ढुङ्गा संरक्षण समितिका अध्यक्ष बलबहादुर विकले सो क्षेत्रमा शौचालय, खानेपानी, तारबार चिया पसललगायतका पूर्वाधार निर्माण गर्न अति आवश्यक रहेको बताए । उनले अहिले पर्यटक दिन प्रतिदिन बढ्दै गएको बताए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले हात्तीढुङ्गालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि गुरुयोजना बनाउने बताए।

पर्यटनको राम्रो सम्भावना रहेको भन्दै सबै पक्षबाट सहयोग जुटाएर बृहत् योजना बनाउने शनिबार सोको अवलोकन गर्न पुग्नुभएका नगर प्रमुख घनश्याम पाण्डेले भने । उक्त स्थानको अवलोकन गर्दै नगर प्रमुख पाण्डेले ढुङ्गा माटोको ढिस्कोमा अडिनुका कारण पत्ता लगाउन भूगर्भविद्मार्फत अध्ययन गराइने बताए ।

नगरप्रमुख पाण्डेले सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउन लागेका बेला सोही भ्रमण वर्षलाई सफल तथा सार्थक गराउन तुलसीपुर उपमहानगरपालिकाले पनि यहाँका पर्यटकीय केन्द्रलाई दृष्टिगत गरी ‘घुम्न जाऔँ तुलसीपुर अभियान’ को तयारी गरेको बताए । तुलसीपुर बजारदेखि करीब १६ किमी दक्षिणतर्फ पर्ने सो स्थानसम्म पुग्न मोटरबाटोसमेत रहेको छ गाउँ नजिकै जङ्गल तथा चुरेको फेदमा रहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending