Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

गुल्मीका यी १२ स्थानीय तहमा १३ करोड बेरुजु

तम्घास । गुल्मी जिल्लाका १२ वटा स्थानीय तहको कूल १३ करोड रुपैयाँ बेरुजु देखिएको छ ।

केही स्थानीय तहले मनोमानी रकम वितरण गरेको पाइएको छ । गुल्मीको स्थानीय तहमा आर्थिक वर्ष २०७४÷७५ मा कूल १२ करोड ७५ लाख १४ हजार बेरुजु देखिएको महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सबैभन्दा धेरै मुसिकोट नगरपालिकामा

जिल्लाका स्थानीय तहमध्ये मुसिकोट नगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । नगरपालिकामा कूल रु चार करोड ३४ लाख एक हजार बेरुजु देखिएको छ । जसमध्ये असुल गर्नुपर्ने छ लाख ३६ हजार, अनियमित सात लाख ९७ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु ४५ लाख ३६ हजार, कर्मचारी पेश्की दुई करोड ७५ लाख र संस्थागत पेश्की ९८ लाख ५९ हजार रहेको छ ।

नरपालिकाले कर्मचारी पेश्कीको रकम सामाजिक सुरक्षाभत्ताको लागि असार मसान्तमा खर्चेकाले बेरुजु आएको जनाएको छ । उक्त रकम अहिले फस्र्यौट भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए। संस्थागत पेश्कीतर्फ भुक्तानी भएको रकम उपभोक्ता समितिलाई दिइएको तथा नियमित गर्नुपर्ने बेरुजु पनि आवश्यक कागजात पु¥याइएको भण्डारीले जानकारी दिनुभयो । नगद नै असुल गर्नुपर्ने रु छ लाख ३६ हजारमध्ये एक लाख ५० हजार मात्र असुल भएको छ ।

नक्कली बिल पेश
कालीगण्डकी गाउँपालिकामा रु १५ लाख ६७ हजार बेरुजु देखिएको छ । विभिन्न तालीम, सामग्री खरीद, कार्यसम्पादन प्रतिवेदन, विद्यालयलगायतका शीर्षकमा बेरुजु देखिएको छ । कालीगण्डकी गाउँपालिका–६ का अध्यक्ष कविराज ढकालले नक्कली कागजपत्र पेश गरेर रकम लिएको खुलेको छ । उनले एक दिन तम्घास भ्रमण गरे पनि सात दिन भ्रमण गरेको कागज मिलाएकाले महालेखाले छ हजार तीन सय उनका नाममा बेरुजु देखाएको छ ।

रेसुङ्गा नगरपालिकामा रु एक करोड ७२ लाख २३ हजार बेरुजु देखिएको छ । जसमध्ये तीन लाख नौ हजार असुल गर्नुपर्ने, ५६ लाख ४९ हजार नियमित गर्नुपर्ने, एक करोड ११ लाख ७६ हजार प्रमाण कागजात पेश गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । मिलाउनुपर्ने कागजपत्र मिलाए पनि असुल गर्नुपर्ने रकममध्ये कत्ति पनि रकम असुल नभएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताउनुभयो । कतिपयले कर छलि गर्न खोजेकाले पनि त्यसको कागज नमिलाउँदा बेरुजु आएको उनले बताए ।

चन्द्रकोट गाउँपालिकामा रु ३५ लाख ९२ हजार बेरुजु देखिएको छ । जसमध्ये असुल गर्नुपर्ने रु आठ लाख २७ हजार र प्रमाण कागजात पेश गर्नुपर्ने २७ लाख ६५ हजार रहेको छ । गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीका अनुसार अहिलेसम्म ८० हजार बेरुजु असूल भएको छ । कर्मचारीको अभावले समयमै काम नसक्दा अन्य शीर्षकको बेरुजु देखिएको उनले बताउनुभयो । त्यसका साथै महालेखा परीक्षकको समूहले नै अतिरिक्त रकम माग्ने गरेको उनले गुनासो गरे ।

गुल्मीदरबार गाउँपालिकामा तीन लाख ३९ हजार बेरुजु देखिएको छ । जसमध्ये प्रमाण कागजात नपुगेको एक लाख २२ हजार र संस्थागत पेश्कीतर्फ दुई लाख १७ हजार रहेको छ । धुर्कोट गाउँपालिकामा रु एक करोड १६ लाख ४४ हजार बेरुजु देखिएको छ । जसमध्ये छ लाख ६० हजार असुल गर्नुपर्ने, रु १५ लाख ९९ हजार नियमित गर्नुपर्ने तथा रु २५ लाख ७४ हजारका आवश्यक कागजात पेश गर्नुपर्ने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मदाने गाउँपालिकामा कूल ४८ लाख ४६ हजार बेरुजु रहेको छ । जसमध्ये छ लाख ७३ हजार असुल गर्नुपर्ने, १५ लाख ९९ हजार नियमित गर्नुपर्ने तथा २५ लाख ७४ हजार कागजात पेश गर्नुपर्ने रहेको छ । गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोखरेलले एक लाख ५० हजार असुल नभएको र अन्य रकम असुल भएको जानकारी दिए । मालिका गाउँपालिकामा रु तीन करोड ९९ लाख १९ हजार बेरुजु देखिएको छ । जसमध्ये १६ लाख १३ हजार असुल गर्नुपर्ने, दुई करोड १९ लाख १२ हजार नियमित गर्नुपर्ने, एक करोड ५४ हजार कागजात पेश गर्नुपर्ने तथा पेश्कीतर्फ आठ लाख ९९ हजार बेरुजु रहेको छ ।

रुरु गाउँपालिकामा रु ७९ लाख १८ हजार बेरुजु रहेको छ । जसमध्ये छ लाख ९४ हजार असुल गर्नुपर्ने, २१ लाख १५ हजार नियमित गर्नुपर्ने, ४४ लाख छ हजार प्रमाण नपुगेको तथा अनावश्यक पेश्की दिएको सात लाख तीन हजार रहेको छ । सत्यवती गाउँपालिकाको रु दुई करोड ८२ लाख ७० हजार बेरुजु देखिएको छ । जसमध्ये दुई लाख १४ हजार असुल गर्नुपर्ने, एक करोड पाचँ लाख २९ हजार नियमित नभएको, ३२ लाख आठ हजार प्रमाण नपुगेको तथा एक करोड ४३ हजार पेश्की दिएको शीर्षकमा बेरुजु देखिएको मलेपको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

इस्मा गाउँपालिकामा कूल ७८ लाख ५५ हजार बेरुजु देखिएको छ । जसमध्ये असूल गर्नुपर्ने छ हजार, नियमित नभएको ३८ लाख नौ हजार तथा पेश्कीतर्फ १५ लाख ९९ हजार रहेको छ । छत्रकोट गाउँपालिकाको भने बेरुजु रकम उल्लेख गरिएको छैन । लेखापरीक्षणबाट ४२ दफामा सैद्धान्तिक बेरुजु रहेको उल्लेख गरिएको छ ।
के हो बेरुजु

रुजु गर्दा नमिलेको, रुजु नगरिएको वा नभएको आर्थिक कारोवारलाई बेरुजु भनिन्छ । प्रचलित कानून बमोजिम आवश्यक काजगाज नपुर्याइ गरिएको आर्थिक कारोवारलाई बेरुजु भनिन्छ । महालेखा परीक्षकले लेखापरीक्षणका क्रममा औँल्याइएका बेरुजु फछर्योट गर्ने प्रक्रियालाई आर्थिक कार्यविधि ऐन, २०५५ को परिच्छेद पाँच र आर्थिक कार्र्यिवधि नियमावली, २०६४ को परिच्छेद ११ मा व्यवस्था गरिएको छ । सबैजसो कार्यालयमा महालेखा परीक्षण हुने गर्दछ ।

आर्थिक वर्ष २०७४÷७५ मा जिल्लाका स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिबीच राम्रो सम्बन्ध नहुँदा कामकाजमा समस्या आएको, कर्मचारीले अनावश्यक रकम भुक्तानी दिएको जस्ता अनियमितता भएको महालेखाले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending