Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

दिवा खाजाले विद्यार्थी खुशी

वालिङ । यहाँका सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्याङ्जाको भिरकोट नगरपालिकाअन्तर्गतका ४२ वटा सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम लागू भएसँगै कक्षामा नियमित उपस्थित हुने र शिक्षण सिकाई क्रियाकलापमा सहभागी हुने विद्यार्थीको रुचि बढ्दै गएको नगर प्रमुख छायाराम खनालले राससलाई बताए ।

“विद्यालयभित्र जङ्कफूड निषेध गर्ने, पहुँचबाहिरका विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयप्रति आकर्षण गर्ने, कक्षा बीचमै छाड्ने प्रवृत्तिको अन्त्य गर्दै अन्ततः सिकाई उपलब्धि वृद्धि गर्ने ‘दिवा खाजा’ कार्यक्रमको मुख्य उद्देश्य हो”, नगर प्रमुख खनालले भने, “कार्यक्रम लागू भएसँगै नियमित विद्यालय उपस्थित हुने दर बढेर गएको छ ।”

बालविकास कक्षामा अध्ययनरत स–साना बालबालिकाले दिउँसोको खाजा आफैँ व्यवस्थापन गर्न नसक्ने हुँदा उनीहरुलाई स्वच्छ र सफा खाजा विद्यालयमै बनाएर दिने व्यवस्था मिलाइएको नगर प्रमुख खनालले बताए ।

“कार्यक्रम लागू भएपछि अध्ययनरत बालबालिकाका अभिभावक आलोपालो गरेर विद्यालयमै उपस्थित भई पकाएर खुवाउने गर्छन्”, नगर प्रमुख खनालले भने, “जसले गर्दा अभिभावक नियमित विद्यालय आउने भएकाले पनि विद्यालय र अभिभावकबीच अझै आत्मियता बढेर गएको छ ।”

‘दिवा खाजा’ कार्यक्रमलाई नगरपालिका, अभिभावक र विद्यालयको संयुक्त लगानी तथा साझेदारीमा परामर्श गरी आगामी शैक्षिक सत्रबाट क्रमशः आधारभूत तहसम्म विस्तार गर्ने सोचाइमा रहेको जनाइएको छ ।

“नगरपालिकाभित्रका ४२ सामुदायिक विद्यालयमा बालविकास कक्षा सञ्चालन छन् भने ५२४ विद्यार्थीले दिवा खाजामा सहभागी छन्”, निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा शाखा प्रमुख हेमप्रसाद आचार्यले भने, “दिवा खाजाको ब्यवस्थापनका लागि नगरपालिकाले प्रति विद्यार्थी प्रतिदिन रु आठ र प्रत्येक बालविकास कक्षाका लागि ग्यास चुल्हो तथा पकाउन आवश्यक पर्ने भाँडा दिएको छ ।”

यही मङ्सिर १ गतेबाट शुरु भएको यो अभियान एक महिनाको अवधिमै निक्कै प्रभावकारी बन्दै गएको दाबी अधिकृत आचार्यको छ । “दिवा खाजाको शुरुआतसँगै नियमित विद्यालय आउने विद्यार्थीको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको पाएका छौँ”, अधिकृत आचार्यले भने, “विद्यालयको पहुँचबाहिर रहेका र बीचमै कक्षा छाडेर जाने विद्यार्थी पनि पुनः विद्यालयमा फर्कने क्रम बढ्दै गएको छ ।”

प्रत्येक दिन आलोपालो गरी अभिभावक विद्यालयमा आएर फरक खाजा पकाएर खुवाउने गरेको भिरकोट–३ मा रहेको शहीद शुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक चोलाकान्त काफ्लेले बताउनुभयो । “दिवाखाजा कार्यक्रमअन्तर्गत २४ जना बालबालिकालाई बारअनुसार खाजाको व्यवस्था गरिएको छ” प्रअ काफ्लेले भने, “खाजामा जाउलो, सुख्खा रोटी, तरकारी, अण्डा चना, फलफूल छन् ।”

विशेष गरी विद्यार्थीका आमा आ–आफ्नो पालोमा विद्यालयमा आएर कार्यालय सहयोगीको साथ लिई खाजा तयार गरेर खुवाएर जाने गरेको भिरकोट–८ मा रहेको भाग्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशमप्रसाद रेग्मीले बताए । “दिवा खाजा कार्यक्रमले अभिभावकमा उत्सुकता र विद्यार्थीमा खुशी थपिएको छ”, प्रअ रेग्मीले भने, “हाल यस विद्यालयको बाल विकास कक्षामा २८ बालबालिका अध्ययनरत छन् ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending