Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : महासचिव पौडेल

रुपन्देही । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोतको अभाव नहुने बताउनुभएको छ । बुटवल–११ मा अवस्थित नहरपुर माध्यमिक विद्यालयको स्वर्णमहोत्सवका अवसरमा उनले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएकाले शिक्षाको गुणस्तर व्यवस्थापन गर्ने विद्यालयलाई सरकारले पर्याप्त सहयोग गर्ने बताए ।

उनले नहरपुर माविलाई नमूना विद्यालय बनाउने गरी शिक्षाका कार्यक्रम तय गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरे । “विद्यालयले एउटा विषयमा प्रतिबद्धता गरोस् हामी जनप्रतिनिधि अर्को प्रतिबद्धता गर्छौंं । यो विद्यालयको विकासका लागि आवश्यक स्रोतको व्यवस्थापन हामी गर्छौं तर कक्षा १ देखि अङ्ग्रेजी माध्यममा अध्यापनको व्यवस्था गरी विद्यार्थीलाई अङ्ग्रेजी र नेपाली विषयमा दक्ष बनाउनुपर्छ,” उनले भने, “यहाँका विद्यार्थी भाषा र दक्षताका हिसाबले उत्कृष्ट हुनुपर्छ । पढेर पास गर्ने तर केही नजान्ने हुनुभएन ।”

महासचिव पौडेलले बुटवलका तिनाउ र दानव आसपासका बस्ती व्यवस्थापनको तयारीमा सरकार रहेको जानकारी गराउँदै यसका लागि तिनाउ–दानव करिडोर सडक निर्माणको प्रक्रिया अगाडि बढेको बताए ।

उनले बुटवलको बेलवासदेखि नहरपुर हुँदै बेथरीसम्म चार लेनको सडक निर्माणमा केही ढिलाइ भए पनि निर्माण कार्य पूरा हुँदा यो क्षेत्रको विकासले फड्को मार्ने उल्लेख गर्नुभयो । “भौतिक विकासका दृष्टिकोणले यो क्षेत्रलाई अगाडि बढाउने गरी काम अगाडि बढेको छ, यसमा सबैको सहयोग अपरिहार्य छ”, उनले भने ।

कार्यक्रममा विद्यालयका प्राचार्य धनिश्वर गौतमले विद्यालयको भौतिक विकासका लागि यस क्षेत्रका सांसदसमेत रहेका पौडेलको प्रयासमा भवन निर्माण, कम्प्युटर ल्याब निर्माण, खेल मैदान निर्माण कार्य गरिएको जानकारी गराउँदै यो वर्ष सबैको सहयोगमा विद्यालयको भौतिक सुधार वर्षका रूपमा काम अगाडि बढाएको बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending