सुर्खेत । जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले शनिबार धुमधामसँग कूल देवता मस्टोको पूजा गर्दैछन् । पूजाको तयारीका लागि बस्तीदेखि शहर–बजारसम्म राउटेको व्यस्तता बढेको छ । अगुवा चामल र खसीको जोहो गर्न वीरेन्द्रनगर आइपुगेका छन् भने महिला बस्तीमै बसेर बाँकी तयारीमा जुटेका छन् ।
राउटेले खस समुदायझै कूल देवताको रुपमा भुयाँर र दारेमष्टोको पूजा गर्ने गर्दछन् । यो समुदायले मस्टो पूजा, साउने र माघे सङ्क्रान्ति पर्वलाई विशेष धुमधामका साथ मनाउने गर्दछ । राउटे अगुवा हरिबहादुर शाहीले खसी र चामलका लागि वीरेन्द्रनगर आइपुगेको बताए । “भत्ताले नपुग्ने भएपछि प्रदेश सरकारसँग खसी र चामल किनिदिन माग गरेका छौँ”, उनले भने, “मन्त्रीज्यूले तपाईहरुको नाममा बजेट छुट्याएको छ, त्यही बजेटबाट केही रकमको व्यवस्था गरौँला भने छ ।” हरिबहादुरसहित तीन जनाले बुधबार प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावललाई भेटेर सहयोग मागेका थिए ।
राउटे अगुवाले आफूहरुका लागि ४६ खसी–बोका आवश्यक पर्ने बताएका छन् । “प्रति परिवार एउटा खसी–बोका चाहिने हुँदा आजै बन्दोबस्त मिलाइदिन मन्त्रीलाई आग्रह गरेका छौँ”, अर्का अगुवा प्रकाश शाहीले भने, “मन्त्रीज्यूले भोको बस्नुपर्दैन भनेका छन् ।”
हाल दैलेखको गुराँस गाउँपालिकामा ४६ घरधुरी राउटे बस्दै आएका छन् । शुरुमा राउटे अगुवाको टोली गुराँस गाउँपालिका कार्यालय पुगेको थियो । गाउँपालिकाले बजेट नभएको बताएपछि सिधैँ बस चढेर राउटे अगुवाहरु वीरेन्द्रनगरस्थित सामाजिक विकास मन्त्रालय आइपुगेका थिए । राउटे अगुवाले काठमाडौँमा भेट हुँदा उपप्रधानमन्त्री ईश्वर पोखरेलले खसी पठाउने आश्वासन दिएको सम्झिए । राउटे युवा प्रकाशले भने, “जङ्गलमा पहिलेजस्तो कन्दमूल, गुना बाँदर पाइँदैन्, त्यही भएर मासुका लागि पनि खसीकै भर पर्नुपर्छ ।” सरकारले दिने मासिक भत्ता रकमले चामल, नून, तेल र तरकारी किन्नमै खर्च हुने उनको भनाइ थियो ।
“सरकारले भत्ता दिएका छौँ, पुग्छ नि भन्छ, यता हामीले सबै किनेर खानुपर्छ, पहिलेजस्तो गाउँमा मागेर पाइँदैन, हामीले बनाएका कोशी, मुुधुस, आरी पनि कसैले किन्दैनन्” अगुवा हरिबहादुरले माग्दै हिँड्नुको बाध्यता यसरी सुनाए । प्रदेश सरकारले समयमै रकम नदिए यसपालीको मस्टो पूजा पनि खुल्लो हुने होकी भन्ने चिन्ता बढेको छ । सरकारी सहयोगको पर्खाइमा रहेका राउटे अगुवालाई भोलिसम्म खसीबोका र चामल बस्तीमा पुर्याइसक्न मुखियाले आदेश दिएका छन् ।
ठकुरी वंशका राउटेमा रास्कोटी, कल्याल र सोवंशी थर छन् । नामका पछाडि सबैले ‘शाही’ भन्ने गर्दछन् । बोल्ने बेग्लै भाषा छ, जसलाई ‘खाम्सी’ भनिन्छ । धर्म–संस्कृति, जातपात हिन्दु सम्प्रदायसँग मेल खान्छ । राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले फिरन्ते वन्य जीवनमा बाँचिरहेका राउटे आधुनिक जीवनशैलीबाट टाढा रहेकाले अस्तित्व सङ्कटमा पर्न थालेको बताए । “राउटेलाई आफ्नो संस्कार, धर्मसंस्कृति, भेषभूषा रहनसहन नै प्यारो लाग्छ, त्यही भएर स्थायी रुपमा बसोबास, पशुपालन र खेतीबालीप्रति रुची छैन्, माग्नु त उनीहरुको बाध्यता बनिसक्यो,” उनले भने ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: