Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

चितवनमा पर्यटकलाई रात्रिकालीन सफारी सहित चेपाङ खाना

चितवन । भ्रमण वर्ष सन २०२० लाई लक्षित गर्दै सौराहामा आउने पर्यटकलाई रात्रिकालीन सफारीसहित चेपाङ खाना खुवाउँदै उनीहरुको संस्कृति देखाउने तयारी गरिएको छ । दिनको समयमा निकुञ्ज सफारी गरेर रमाउने र साँझमा थारु संस्कृति हेर्नका लागि अहिले पर्यटक सौराहा आउने गरेका छन् ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार सौराहाबाट राप्ती नदी ड्यागको बाटो हुँदै लोथरसम्म रात्रिकालीन सफारी गर्ने तयारी गरिएको छ । करिब १८ किलोमिटरको दूरी हुने उनले जानकारी दिए । लोथर क्षेत्रमा चेपाङ संस्कृतिमा पर्यटकलाई आकर्षित गर्दै खाना खुवाइनेछ । चेपाङले वनमा फलेका र उब्जिएका अन्नपात, गिठ्ठा, भ्याकुरलगायतको खाना तयार गर्ने र सोही खानामा पर्यटक रमाउने अपेक्षा गरिएको छ ।

प्रमुख वनले रातको समयमा बत्तीको उज्यालोमा वन्यजन्तुको अवलोकन गर्दै पर्यटकलाई नयाँपन दिलाउन लागिएको जानकारी दिए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले करिब तीन घण्टाको रात्रिकालीन सफारीसँगै चेपाङ संस्कृति र खानामा रमाएका पर्यटक फर्किएर सौराहामा बास बस्ने बताए । यसबाट पर्यटकको बसाई लम्ब्याउन सकिने र नयाँपन दिन सकिने उनको भनाइ थियो ।

रात्रिकालीन सफारीका क्रममा पर्यटकले त्यस क्षेत्रका अन्य महत्वका क्षेत्र पनि हेर्न चाहेमा पाउनेछन् । केही दिनमा नै त्यस क्षेत्रको स्थलगत अध्ययन गरी भ्रमण वर्षसँगै नयाँ प्याकेजका रुपमा अघि सारिने उहाँको भनाइ थियो । लागत खर्चका आधारमा होटलले पर्यटकसँग रकम लिने छन् ।

यसैगरी सौराहा आसपासका थारु बस्तीमा पर्यटकलाई साइकलमा घुमाइनेछ । झुवानी, बच्छौली, थारु सङ्ग्रहालय, फसिहारा, भोकाहा, देवौली हुँदै सौराहासम्म साइकलमा पर्यटकलाई घुमाउने तयारी गरिएको छ । भट्टराईका अनुसार त्रिभुवन विमानस्थलसहित देशका ठूला विमानस्थल र महत्वपूर्ण ठाउँमा डिजिटल होर्डिङ बोर्ड राख्ने तयारी गरिएको छ । चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । चितवन राष्ट्रिय निकुञ्ज र यहाँभित्र रहेको दुर्लभ वन्यजन्तु पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएका छन् । हरेक वर्ष दुई लाख हाराहारी पर्यटक भित्रने यहाँ भ्रमण वर्षमा चार लाख पर्यटक भित्र्याउने लक्षका साथ काम अघि बढाइएको छ ।

जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य सौराहा रहेको छ । यससँगै चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारको रुपमा रहेका पटिहानी र मेघौलीमा पर्यटन पूर्वाधार बन्ने क्रम बढेको छ । गत वर्ष सरकारले छानेका १०० पर्यटकीय गन्तव्यमध्येको पटिहानी एक हो भने यस वर्ष प्रदेश सरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्यको रुपमा मेघौलीलाई लिएको छ । यी दुवै ठाउँ भरतपुर महानगरपालिकामा पर्दछ । भरतपुर महानगरले भ्रमण वर्ष लक्षित गर्दै आफ्ना कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

नेपाल भ्रमण वर्ष सन् २०२० जिल्ला आयोजक समितिको आज यहाँ सम्पन्न बैठकले भ्रमण वर्षमा धेरै पर्यटक भित्र्याउनका लागि विभिन्न गतिविधि गर्ने निर्णय गरेको छ । समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बैठकमा जिल्लाका सातवटै पालिकाका पर्यटकीय गन्तव्यको स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारका लागि विभिन्न गतिविधि अघि बढाउने निर्णय भएको जानकारी दिए । सौराहामा रात्रिकालीन जीपदेखि इच्छाकामनामा स्वागतसम्मका गतिविधि गरिने भएका छन् । कुन–कुन कार्यक्रम कसरी गर्ने भन्ने टुङ्गो केही दिनमा लगाइने उनले बताए ।

बैठकमा रत्ननगर नगरपालिकाका प्रमुख वन, इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरुङ, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईलगायतले भ्रमण वर्ष लक्षित गरी भएका कामका बारेमा जानकारी गराएका थिए । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी र मिलनबाबु श्रेष्ठले भ्रमण वर्षमा पर्यटकको बसाई लम्ब्याउन र सङ्ख्या बढाउन गरिने गतिविधिमा आवश्यक सहयोगका लागि आफूहरु सकारात्मक रहेको जानकारी दिएको डल्लाकोटीले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies