गलकोट । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा पछाडि परेको पश्चिम क्षेत्रको समृद्धिका लागि आफूले काम गर्ने बताएका छन् । निर्वाचित भइसकेपछि प्रदेशसभा सदस्य शाहीले पत्रकारलाई प्रतिक्रिया दिँदै आफूले स्वर्गीय टेकबहादुरले देखेको पश्चिम बागलुङको समृद्धि आफूले पूरा गर्ने बताएका हुन् ।
शाहीले मुलुकको समृद्धि र स्थायित्वका लागि प्रदेशसभादेखि जिल्लासम्म सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । उपनिर्वाचनमा विजयी भएपछि राससँग प्रतिक्रिया दिँदै जीतले आफूलाई खुशी र जिम्मेवार दुवै बनाएको बताए । “जनताका आधारभूत आवश्यकतासँगै विकासका लागि काम गर्छु”, शाहीले भने, “विकासमा पछाडि परेको यस क्षेत्रलाई आफ्नो कार्यकालमा केही राहतको महसुस गराउनेछु ।”
जिल्लाको पश्चिममा रहेको आफ्नो क्षेत्र अवसर र विकासबाट पछाडि परेकाले त्यसका लागिसमेत यथेष्ट पहल र भूमिका खेल्ने उनको भनाइ थियो । उनले देशकै एकमात्र सिकार आरक्षलाई नमूना पर्यटकीय गन्तव्य बनाउने भन्दै पश्चिम क्षेत्र विकट भए पनि पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना रहेको बताए । “जनताले दिएको मतको सधैँ कदर गर्नेछु, जनताको सेवामा समर्पित हुनेछु”, सांसद शाहीले भने ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले नेपाली काँग्रेसका उम्मेदवार जीत शेरचनलाई दुई हजार ९७ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । शाहीले ११ हजार २३५ मत प्राप्त गर्नुभएको छ भने शेरचनले नौ हजार १३८ मत प्राप्त गरेका थिए ।
ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका रहेको यस क्षेत्रको उपनिर्वाचनमा शुरुआतमा तीव्र प्रतिस्पर्धा भए पनि अन्ततः मतान्तर फराकिलो बन्दै गएको थियो । उपनिर्वाचनमा विभिन्न असन्तुष्टि र अप्ठ्याराका बीच जीत निकाल्न सफल भएको नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए । निसीखोला गाउँपालिकाबाट बाम गठबन्धनले चार हजार ८०६ मत प्राप्त गरेको छ भने काँग्रेसले तीन हजार २८२ मत प्राप्त गर्यो । यहाँ काँग्रेसको भन्दा बाम गठबन्धनको एक हजार ५२४ मत बढी आएको छ । तर ढोरपाटनमा एक हजार ५०० देखि दुई हजारभन्दा बढीको अन्तर पर्ने आङ्कलन गरिएकामा जम्मा ९६५ मात्र बढी मत आएको छ । बामले गिलासमा चार हजार ५७० मत प्राप्त गर्दा काँग्रेसका शेरचनले तीन हजार ६०५ मत प्राप्त गरेका छन् । ढोरपाटनमा काँग्रेसले राम्रो मत ल्याए पनि तमानमा भने ठूलो मात्रामा अन्तर पार्ने मत ल्याउन सकेन । बाम गठबन्धनले एक हजार ८५९ मत प्राप्त गर्दा काँग्रेसले दुई हजार २५१ मत प्राप्त गरेको छ ।
यस क्षेत्रमा २०७४ सालको प्रदेशसभा निर्वाचनमा साबिकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा बामगठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११ हजार ८८४ मत प्राप्त गरी विजयी भएका थिए । त्यसबेला पनि घर्तीका प्रत्याशी रहेका काँग्रेसका शेरचनले आठ हजार ६६४ मत प्राप्त गरेका थिए। उक्त चुनावमा तीन हजार २६० मतको अन्तर थियो । यो अन्तर अहिले एक हजारभन्दा बढीले घटेको छ । सांसद घर्तीको असामयिक निधन भएपछि यस क्षेत्रमा उपचुनाव भएको हो । उपनिर्वाचनमा आठ राजनीतिक दल र दुई स्वतन्त्र गरी १० उम्मेदवार चुनावी मैदानमा थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: