Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

चिनिया राष्ट्रपति सि को यस्तो उत्प्रेरक सन्देश

म सानो छँदा ज्यादै स्वार्थी थिएँ। सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें। फलतः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे। मैले कहिल्यै पनि आफ्नो गल्ती देखिनँ, सधैं अरुलाई दोष दिएँ र उनीहरूको निन्दामात्र गरें। जीवनमा अपनाउनु पर्ने तीन कुरा मेरा बाबुले मलाई सिकाउनुभयो।

एक दिन मेरा बाबुले दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमा राख्नुभयो। एउटा कचौरामाथि एउटा अण्डा थियो, अर्को कचौरामाथि अण्डा थिएन। बाबुले मलाई एउटा कचौरा रोज्न दिनुभयो। उस बखत आकलझुकल मात्र अण्डा खाने अवसर जुर्थ्याे चाडपर्वमा वा नयाँ वर्षमा। मैले सहजै अण्डा भएको कचौरा छानें। जब हामीले चाउचाउ खान थाल्यौ, मैले आफ्नो छनोटप्रति आफूलाई बधाई दिंदै खुसी हुँदै अण्डा खाएँ। मेरा बाबुले चाउचाउ खाँदै गए, उनको कचौराको पिंधमा चाउमिनमुनि दुइटा अण्डा देखियो।

मलाई ज्यादै पश्चाताप भयो। आफूले हतार गर्दै कचौरा छानेकोमा मलाई आफैदेखि रिस उठ्यो। मेरा बाबुले मुस्कुराउँदै मलाई भन्नुभो, ‘प्रिय छोरो, तिमीले बुझ्नु पर्छ, तिम्रा आँखाले देखेका कुरा सधैं सत्य नहुन पनि सक्छन्। यदि तिमी अरुबाट फाइदा उठाउने उद्देश्य राख्छौ भने अन्ततः तिमीले गुमाउने छौ।’

अर्को दिन मेरा बाबुले फेरि दुई कचौरा चाउचाउ पकाउनुभयो र टेबुलमाथि राख्नुभयो। पहिलेजस्तै एउटा कचौरामाथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन। बाबुले मलाई भन्नुभयो, ‘प्रिय पुत्र, कुनचाहिँ कचौरा लिन्छौ, रोज।’

यसपटक म चनाखो भएँ। मैले कचौरामाथि अण्डा नभएको चाहिँ कचौरा छानें र फुर्कदै चाउचाउ खोतलेर हेरें। कचौराको पिंधमा एउटा पनि अण्डा थिएन। मेरा बाबुले मुस्काराउँदै मलाई भन्नुभयो, ‘प्रिय छोरा, तिमीले सधैँ अनुभवमाथि भर पर्नु हुँदैन, किनभने कहिलेकाहीं जीवनले धोखा दिन सक्छ, छल गर्न सक्छ। तर तिमी रिसाउनु वा दुःखी हुन हुँदैन। यसलाई तिमीले एउटा शिक्षाको रुपमा ग्रहण गर्नुपर्छ। यो पाठ तिमी पाठ्यपुस्तकबाट सिक्न सक्तैनौ।’

मेरा बाबुले तेस्रो दिन फेरि दुई कचौरा चाउमीन पकाउनुभयो। एउटा कचौरामाथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन। बाबुले कचौरा टेबुलमाथि राख्दै मलाई भन्नुभयो, ‘प्रिय पुत्र, चाउमीनको एउटा कचौरा रोज, कुनचाहिँ कचौरा लिन्छौ ?’ यसपटक मैले बाबुलाई भनें, ‘बाबा, कचौरा तपाईं रोज्नुस्। तपाईं घरमुली हुनुहुन्छ। परिवारमा सबैभन्दा बढी योगदान तपाईंकै छ।’

मेरा बाबुले नाइनास्ती नगरी एउटा अण्डा भएको कचौरा छान्नुभयो। मैले आफ्नो भाग चाउचाउ खाँदै गर्दा मनमनै सोचें, ‘पक्का पनि यसपटक मैले अण्डा गुमाएँ।’ तर मैले चाउचाउ खाँदै जाँदा कचौराको पिंधमा चाउचाउले छोपिएको दुइटा अण्डा देखेर म आश्चर्यमा परें।

मेरा बाबुले प्रेमपूर्वक मलाई हेरेर मुस्कुराउँदै भन्नुभयो, ‘प्रिय पुत्र, तिमीले बुझ्नु पर्छ। जब तिमी अरुको भलाइको बारेमा सोच्छौ, स्वाभाविक रुपमा तिम्रो पनि भलो हुनेछ।’ त्यो दिनपछि, मैले सधैँ मेरा बाबुले भन्नुभएको यी तीन कुरालाई जीवनमा अपनाएको छु, मैले गर्ने हरेक कर्ममा सर्वप्रथम म अरुको भलाइ सोच्छु।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: