Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न नेपाली काँग्रेसभित्र सकस

काठमाडौँ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न नेपाली काँग्रेसभित्र सकस भएको छ । पार्टीको विधानअनुसार उम्मेदवार छनोट नगर्ने र सम्बन्धित निर्वाचन क्षेत्रबाट आएका उम्मेदवारलाई टिकट नदिई केन्द्रीय नेतृत्वले आफ्नो खल्तीका नेतालाई टिकट दिने परम्परा कायम रहँदा यस्तो सकस देखिएको हो ।

आजको गोरखापत्र दैनिकमा खबर छ - पार्टीको विधान मिचेर उम्मेदवार छनोट गर्ने अभ्यास केन्द्रीय नेतृत्वबाट विगतमा सुरु भएपछि यस पटक जिल्ला नेतृत्वबाट पनि सोही अभ्यास अपनाइएको भनाइ जिल्ला सभापतिहरूको छ ।

उपनिर्वाचनमा स्थानीय तह, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिश गर्न क्षेत्रीय समितिले बढीमा तीनजनाको नाम पठाउनुपर्नेमा १६ जनासम्मको नाम पठाएको छ । विधानमा तीनजनाको नाम पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

कास्कीको क्षेत्र नं। २ बाट निर्वाचित रवीन्द्र अधिकारको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि हुन लागेको उपनिर्वाचनमा काँग्रेसले १६ जनाको नाम पठाएको छ । काँग्रेस कास्कीका सभापति कृष्ण केसीका अनुसार, क्षेत्रीय सभापति माधव बाँस्तोलादेखि पूर्वउम्मेदवार देवराज चालिसेसम्मको नाम सिफारिस भएको छ ।

यस्तै, वीरेन्द्रनारायण बिजुक्छे, खेमराज पौडेल, सोभियत अधिकारी, केशर निर्दोषी, ऋषि काफ्ले, लक्ष्मी पाण्डे, रङ्गिला आचार्य, खिमकुमारी बराल, विजयराज आचार्य, गुरु बराल, कृष्ण कार्की, महादेव गुरुङ, विमला भण्डारी र निर्मलप्रसाद कर्माचार्यको नाम केन्द्रमा पठाएको छ ।

जब कि सो क्षेत्रमा सत्तारुढ नेकपाले स्वर्गीय अधिकारीकी श्रीमती विद्या भट्टराईको एक मात्र नाम पठाएको छ । काँग्रेसको क्षेत्र नं। २ मा दुई धारबीच सहमति नभएपछि सबैको नाम पठाइएको जानकारी सभापति केसीले दिए । उनले पूर्वउम्मेदवार चालिसेको एकल नाम पठाउनेबारेमा छलफल भए पनि सहमति नभएको बताए ।

भक्तपुर जिल्लाको प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा काँग्रेसले १० जनाको नाम सिफारिस गरेको जानकारी जिल्ला सभापति दुर्लभ थापाले दिए । क्षेत्रीय सभापति जीवन खत्रीले आफू उम्मेदवार नहुने घोषणा गरे पनि सहमतिमा तीनजनाको नाम सिफारिस हुन सकेन । विनोद कायस्थ, सुरेश श्रेष्ठ, यादव अधिकारी, सुभद्रा काफ्ले, हरि नेपाल, मनोजकुमार थापा, कृष्णलाल भँडेल, किरण न्यौपाने, रूपादेवी थापा र उद्धव खड्काको नाम सिफारिस भएको छ ।

उता गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाका टेकबहादुर घर्तीको निधनपछि रिक्त भएको प्रदेशसभा सदस्य पदका लागि क्षेत्रीय सभापति द्रोण कुँवर, टुनासिन घर्तीमगर, टेकराज पौडेल र जिप शेरचन गरी चारजनाको नाम पठाएको जानकारी जिल्ला सभापति दीपेन्द्र थापाले दिए ।

गण्डकी प्रदेशको दाङ जिल्लाका प्रदेशसभा सदस्य उत्तरकुमार अलीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचनका लागि काँग्रेसले १४ जनाको नाम केन्द्रमा पठाएको छ । जिल्ला सभापति कीर्तिबहादुर खड्काका अनुसार, किरण साह, केशवराज शर्मा, खिमप्रसाद खराल, चूणामणि ढकाल, जगत खड्का, टीका घर्ती, भरत केसी, मदन रसिक, शङ्करप्रसाद डाँगी, सुरेश हमाल, घनश्याम सेरपाइली, कच्चु चौधरी, गीता पौडेल र सारा भण्डारीको नाम सिफारिस भएको छ ।

भक्तपुरका सभापति दुर्लभ थापाले क्षेत्रबाट सहमतिमै तीनजनाको नाम पठाए पनि केन्द्रीय नेताले खल्तीबाट निकालेर अन्य व्यक्तिलाई नै उम्मेदवार बनाउने अभ्यास रहेकाले प्रदेश निर्वाचन क्षेत्रबाट जेजस्ता नाम आए त्यसलाई नै केन्द्रमा पठाएको बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending