Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

महिलामाथि अश्लिल हर्कत गर्ने मन्त्रीलाई के कारवाही हुन्छ ?

\"Hari-parajuli-2\"१६ असार, काठमाडौं । ‘मन्त्री’ आफैमा पद मात्रै होइन नैतिकता पनि हो । नैतिकता र मर्यादालाई ख्याल नगर्दा कतिपय मन्त्रीको ‘मन्त्रीपद’ मात्रै खुस्कँदैन समग्र राजनीतिक जीवन समेत धरापमा पर्ने गर्छ । वर्तमान सरकारका केही मन्त्रीहरुको अमर्यादीत हर्कतका कारण सरकार नै सर्वत्र आलोचित बन्दै आएको छ । धान दिवसको अवसरमा कृषिमन्त्री हरिप्रसाद पराजुलीले महिलामाथी गरेको अमर्यादीत व्यबहारले यतिबेला बजार निकै तातेको छ । एक मन्त्रीले सार्वजनिक कार्यक्रममा महिला माथी गरेको अमर्यादीत हर्कत अश्लिलताको पराकाष्ठ मात्रै होइन त्यस्ता मन्त्रीलाई कार्वाही गर्नुपर्ने माग समेत तिब्र रुपमा उठीरहेको छ । त्यसोत मन्त्री पराजुलीको यो पहिलो घटना भने होइन । गत पुस १० गते पनि उनले सार्वजनिक कार्यक्रम स्थलमै सूर्ति खाएर थुकेपछि सर्वत्र आलोचना भएको थियो । \"Hari-parajuli\"धान दिवसको अवसरमा कृषि विभागले काठमाडौंको मुलपानीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा मन्त्री पराजुलीले महिलाहरु माथी जबरजस्ती अंगालो हाल्दै अश्लिल हर्कत देखाएका थिए । उच्च नैतिकतामा बस्नुपर्ने मन्त्रीले छिल्लिदै महिलाहरु माथि देखाएको अश्लिल हर्कतको तस्विरले सामाजिक सञ्जालका भित्ताहरु रंगिएको मात्रै छैन तिखो आलोचना समेत भइरहेको छ । एमाओवादीका पोलिटब्युरो सदस्य विश्वभक्त दुलाल आहुतीले फेसबुक मार्फत मन्त्रीको तिखो आलोचना गरेका छन् । ‘यो कृषिमन्त्री बनाइएको \"मानिस\" को आदरणीय आमालाई चिन्नेहरूले सोधुन् - के यो प्राणी तपाईकै कोखबाट जन्मिएको पुरूष नै हो? उनलाई नचिन्ने तर माननीय विध्या भण्डारीलाई मात्र चिन्नेले सोधुन् - के यो पुरूष जस्तो देखिने \" मानिस\" को तपाई नजिक पर्नुभएको छ? उनले प्रश्न गरेका छन् । उनले महिला अधिकार कर्मीलाई समेत प्रश्न गर्दै आहुती लेख्छन्, –‘ त्यहाँ पहुँच नपुगेका महिला संगठन र आन्दोलनका अधिकारकर्मीलाई भने म आफै सोध्छु- तपाईहरूले 35 वर्षसम्म महिला अधिकार, दलित अधिकार, बाल अधिकार हनन् गर्ने अत्याचारी मंत्रीलाई त थाहा छैन किन माफ दिनु भयो, के यसलाई पनि माफै दिनुहुन्छ? दिनुहुन्छ भने धिक्कार छ नेपाली महिला आन्दोलनलाई ! ’ महिला अधिकारकर्मी पत्रकार बविता बस्नेतले कृषिमन्त्री माथी महिला हिंसा सम्बन्धी कसुरमा कार्वाही गर्नुपर्ने माग गरेकी छिन् । ‘कृषी मन्त्री हरी प्रसाद पराजुलीले हिजो असार १५ गते धान रोप्ने कार्यक्रममा महिलाहरु माथि गरेको दुब्र्यबहाररले आश्चार्यचकित बनाएको छ ।’ बविताले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘उनलाई सार्बजनिक स्थालमा महिला माथि हुने यौन हिंसा सम्बन्धी कानून लगाएर कार्वाही अगाडी बढाइयोस । यस्ता मान्छे जोसुकै हुन, मन्त्रीको पदमा बस्ने नैतिक अधिकार छैन ।’ मंगलबारको हर्कतबारे मन्त्रीका निजी सचिवालयले मन्त्रीको बचाउ गर्दै कार्यक्रममा सहभागी महिलालाई नै दोष दिए । ‘महिलाहरुले मन्त्रीलाई हिलो छ्यापेपछि उहाँले प्रतिवाद गरेका हुन्, ’ उनका निजी सचिवालयका एक कर्मचारीले भने, ‘मिडियाले बंग्याएर प्रस्तुत गर्यो ।’ खबरडबलीसँग मन्त्रीको स्वकीय सचिवले प्रतिक्रिया दिइरहँदा मन्त्री पराजुली सिकाइरहेको सुनिन्थ्यो । महिलाले नै मन्त्रीलाई हिलो छ्यापेको भन्न मन्त्रीले उनका स्वकीय सचिवलाई उर्दी गर्दै । खबरडबलीले मन्त्रीसँग कुरा गर्न खोज्दा उनले बोल्न चाहेनन् । एमालेबाट कृषि विकास मन्त्री बनेका पराजुली अध्यक्ष केपी ओली गुटबाटका हुन् । एमालेले यस घटनाकाे विषयमा अहिले सम्म आधिकारीक धारणा बाहिर ल्याएको छैन । सरकार मौन छ । पटक पटक मन्त्री फेर्ने गरेको एमालेले यस्तो अस्लिल हर्कत गर्ने मन्त्रीमाथि कस्तो कार्वाही गर्ला त्यो भने समयको गर्भभित्रै छ । भिडियाेमा हेर्नुहाेस् मन्त्रीको अश्लिल हर्कत : https://www.youtube.com/watch?v=Y728FWJE8CQ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending