Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

सप्तकोशीको हलेशी टोलमा आगजनी, ६ जना पक्राउ, पाँच लाख बराबरको क्षति

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–१ हलेशी टोलमा गएराति आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । डिल्लीबहादुर बस्नेतको काठको दुईतले घरमा अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात र नगद रु १० हजार गरी रु पाँच लाख मूल्य बराबरको क्षति भएको पीडितले बताए ।

आगो निभाउने क्रममा घरधनी बस्नेतको अनुहार, हातखुट्टासमेत जलेको छ । उनको फत्तेपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

आगजनी गर्ने छ पक्राउ

अटोरिक्सा आगजनी गरी नष्ट गर्ने सप्तरीको कञ्चनरुप नगरपालिका–८ का २६ वर्षीय सोनु मण्डलसहित उनका पाँच साथीलाई सप्तरी प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका–८ स्थित खत्वेटोल बस्ने बलराम खत्वेको स.ह ३२३४ नम्बरकाे अटोरिक्सा आगजनी गरेको आरोपमा मण्डलसहित सोही ठाउँका ३२ वर्षीय महनारायण खङ्ग, २३ वर्षीय जयप्रकाश चौधरी, २२ वर्षीय सागर चौधरी, १८ वर्षीय सन्तोष चौधरी र सोही उमेरका रमेश खङ्गलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

आगजनी गर्नेमा आठ जना संलग्न रहेको जानकारी दिनुहुँदै इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले दुई जनाको खोजी भइरहेको बताए । आरोपितहरुविरुद्ध आपराधिक उपद्रवको उजुरी दर्ता गरी कारवाही गरिने उनले बताए ।

महानवमीका दिन गाउँमै लागेको दुर्गा भवानी मेलामा अटोरिक्साले सामान्य धक्का लागेको विषयमा आरोपित मण्डल र अटोरिक्सा चालकबीच विवाद भएको थियो । सोही झगडाको रिसइबीले दुई दिनपछि घर अगाडि पार्किङ गरी राखेको अटोरिक्सा आरोपितहरुले बाँसको झाङमा लगी आगजनी गरेको अनुसन्धानबाट खुलेको प्रनाउ मिश्रले बताए । रु चार लाख ऋण कर्जा लिई खरीद गरी सञ्चालन गरेको अटोरिक्सा आगजनी भएपछि खत्वेलाई हातमुख जोर्न धौधौ परेको छ । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies