काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको विशेष विमान अपराह्न करिब ४:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सूचना थियो । त्यसको डेढ घन्टाअघिदेखि नै अन्तर्राष्ट्रिय विमानस्थलका नियमित उडान ठप्प पारिएको थियो । पोखराबाट आएको यती एयरलाइन्सको वाइटी ६७८ विमान अपराह्न २:१५ मा अवतरण गरेपछि अरू विमानलाई काठमाडौंतर्फ आउन रोकिएको थियो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - त्यस्तै, सबैभन्दा पछिल्लो उडानका रूपमा ३:०३ मा इन्डिगो एयरलाइन्सको जहाज दिल्लीतर्फ उडेपछि नेपाली आकाश खाली गरिएको थियो । त्यसपछि राष्ट्रपति सीको स्वागतका लागि सडक र विमानस्थलमा उभिएका सर्वसाधारण तथा विशिष्ट व्यक्तिले आकाशतर्फ आँखा नचाइरहेका थिए । त्यस्तै, मिडियाकर्मीले फ्लाइट ट्र्याकर वेबसाइट नियालिरहेका थिए । करिब ४:०० बजे दक्षिण भारतीय सीमा हुँदै एयर चाइनाको विमान नेपाली आकाशतर्फ प्रवेश गर्यो । सो विमान ठीक ४:१५ मा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको मिनेटभित्रै विभिन्न अनलाइनमा समाचार आयो– चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंमा अवतरण । जब कि, विमानस्थलभित्रै उपस्थित पत्रकारलाई भने सो विमानमा राष्ट्रपति सी नभएको जानकारी आइसकेको थियो ।
चेन्नईबाट आएको जहाज काठमाडौंमा अवतरण गरेकाले सो जहाजमा राष्ट्रपति नै भएको आमबुझाइका आधारमा समाचार बने । तर, बी–२४८२ कलसाइनको विमान अवतरण गरेको आधा घन्टा नाघ्दा पनि राष्ट्रपति झुल्किएनन् । त्यसैले ट्र्याकिङ वेबसाइटमा अर्को जहाजको खोजी हुन थाल्यो । साइटमा कतै पनि जहाज देखिएको थिएन । ४ः४५ मा एयर चाइनाको दोस्रो जहाज अवतरण गर्यो । बी–२४७९ विमान अवतरण गरेपछि धेरैले विश्लेषण गरे– राष्ट्रपतिको जहाजले राडारलाई संकेत नपठाई अनौठो अवतरण गर्यो ।
तर, विज्ञहरूका अनुसार राडारमा संकेत नपठाई उडान र अवतरण गर्न सम्भवै छैन । विमानस्थलको आधिकारिक राडारसँग दुवै जहाज सम्पर्कमा थिए र नियमित संवाद भइरहेको थियो । ‘दुईवटा जहाज आउने भनेर हामीलाई पूर्वजानकारी आएको थियो, उडानको प्राविधिक पद्धतिअनुसार हामी सम्पर्कमा थियौँ । हाम्रो सम्पर्कमै रहेर दुवै जहाज आएका हुन् । संकेत र सम्पर्कविना कुनै पनि जहाज उडान र अवतरण गर्न सम्भव छैन,’ विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले भने । बरु फ्लाइट ट्र्याक गर्ने निजी वेबसाइटमा भिआइपी उडानको जानकारी सुरक्षा संवेदनशीलताका कारण नआउन सक्छ । ‘कुनै पनि जहाजले आफ्नो उडानको जानकारी निजी वेबसाइटलाई नदिन सक्छन् । त्यसैले त्यस्ता साइटमा उडान नदेखिन सक्छ । तर, विमानस्थलको राडारलाई पनि सूचना नदिने भन्ने सम्भव छैन,’ विमानस्थलका अर्का एक अधिकारीले भने ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: