काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडका पूर्वसहकर्मीद्वय क्रिस्टियानो रोनाल्डो र गोन्जालो हिगुइन चम्किएपछि इटालियन क्लब युभेन्ट्सले युरोपियन च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा युभेन्ट्सले जर्मन क्लब बायर लिभरकुसेनलाई ३–० गोलले हरायो । युभेन्ट्सका लागि रोनाल्डो, गोल्जालो र फेडरिको बर्नाडडेस्चीले गोल गरेका थिए ।
युभेन्ट्सले १७औं मिनेटमा गोन्जालोको गोलबाट सुरुवाती अग्रता लिएको थियो । ६२औं मिनेटमा फेडरिकोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । ८९औं मिनेटमा पाउलो डिबालाको पासमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए । च्याम्पियन्स लिगमा रोनाल्डोको यो एकसय २८औं गोल हो ।
यस गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा नयाँ किर्तिमान समेत रचेका छन् । उनले विभिन्न ३३ क्लबविरुद्ध गोलगर्दै नयाँ इतिहास बनाए । यसअघि रोनाल्डोले एकै सिजन सर्वाधिक गोल गर्ने र सर्वाधिक ६ पटक फाइनल खेल्ने खेलाडीको किर्तिमान पनि बनाई सकेका छन् ।
यस जितसँगै समूह ‘डी’ मा रहेको युभेन्ट्सले दुई खेलबाट चार अंक बनाएको छ । युभेन्ट्स समूहको दोस्रो स्थानमा छ । समान अंक बनाएको स्पेनिस क्लब एट्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा माथि छ । अंकबिहिन लिभरकुसेन तालिकाको अन्तिममा छ । रसियन क्लब लोकोमोटिभ मस्को तीन अंकसहित तेस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा एट्लेटिको म्याड्रिडले लोकोमोटिभ मस्कोलाई २–० गोलले हराएको छ । लोकोमोटिभको घरेले मैदानमा एट्लेटिकोकोलाई जिताउन जोआओ फेलिक्सले ४८औं र थोमसले ५८औं मिनेटमा गाल गरेका थिए ।
यसैगरी समूह ‘बी’ को अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले इङ्लिस क्लब टोट्टनहामलाई ७–२ गोलले हरायो । बायर्नको फराकिलो जितमा सर्जी जिनाब्रीले ह्याट्रिकसहति चार गोल गरे । रोवर्ट लेवान्डोस्कीले दुई तथा जोसुवा किम्मिचले एक गोल गरे । टोट्टनहामका ह्युङ मिन सन र ह्यारी केनले एक एक गोल गरेका थिए । जितसँगै समूहमा दुई खेलबाट ६ अंक बनाएको बायर्न शीर्ष स्थानमा छ । एक अंक बनाएको टोट्टनहाम अन्तिममा छ ।
यही समूहको अर्को खेलमा सर्वियन क्लब रेड स्टार बेलग्रेड ९करभेना जाभेज्दा० ले ग्रीस टोली ओलम्पियाकोसलाई ३–१ गोलले हराएको छ । जितसँगै तीन अंक बनाएको रेडस्टार दोस्रो स्थानमा छ । एक अंक बनाएको ओलम्पियाकोस गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।एजेन्सी
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: