Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

यस्तो रहेछ ज्ञानेन्द्र शाहीले चितवन नै रोज्नुको रहस्य

काठमाडौं । शनिबारका दिन ज्ञानेन्द्र शाहीलगायतका समूहमाथि चितवनमा आक्रमण भएपछि अहिले एकथरिले सरकारविरुद्ध आक्रोश पोख्ने काम गरेका छन् ।

तर तथ्यहरुले भने ज्ञानेन्द्र शाहीहरुले अराजकता र चर्चा बटुल्न नियोजितरुपमा नै चितवनमा कार्यक्रम गर्न खोजेको देखाएका छन् ।

ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरोधी अभियन्ताको रुपमा आफूलाई चिनाएका छन् । त्यसो हो भने उनले कि त ७७ वटै जिल्लामा गएर कार्यक्रम गर्ने योजना बनाउनु पथ्र्यो । त्यस अन्तर्गत उनी चितवन पुगेको भए त्यसलाई सामान्य मान्न सकिन्थ्यो । अथवा, चितवनमा मात्रै त्यस्तो कुनै भ्रष्टाचारको विशेष इस्यू भएको भए त्यसको बिरोधमा उनीहरु चितवन ओर्लिनुलाई पनि स्वभाविकरुपमा नै लिइन्थ्यो ।
तर ज्ञानेन्द्र शाहीहरुले यी दुबै कारणले चितवन रोजेको देखिँदैन ।

उनीहरुले चितवन रोज्नु प्रचण्डविरुद्ध सुनियोजित र श्रृंखलाबद्ध षडयन्त्रलाई अझै प्रश्रय दिनु मात्र थियो ।

त्यसैले उनीहरुले चितवन जिल्लामा कार्यक्रम गर्ने योजना बनाए । उनीहरुलाई कार्यक्रम बिथोल्छन् भन्ने राम्रैसँग थाहा थियो । यो थाहा भएर नै उनीहरुले कार्यक्रम गर्न खोजे । अन्यथा यतिखेर काठमाडौंबाट चितवन गएर कार्यक्रम गर्नुको कुनै तुक देखिँदैन ।

नेपालको संविधानले वाक तथा अभिव्यक्तिको स्वतन्त्रता दिएको छ । त्यो अर्थमा ज्ञानेन्द्र शाही मात्र होइन, अन्य कसैले पनि संविधानभित्र रहेर आफ्नो अभिव्यक्ति दिन सक्छ । घुमफिर गर्न सक्छ । तर संविधान प्रदत्त यो अधिकारलाई नियोजितरुपमा कसैप्रति लक्षित गर्न खोज्नु त्यो कदापी कानुन सम्मत हुँदैन । कानुनमा नियतको ठूलो अर्थ हुन्छ ।

आखिर चितवनमा नै कार्यक्रम गर्नुका पछाडि ज्ञानेन्द्र शाहीहरुको नियत के थियो ?

किन उनीहरु धादिङ या बुटवल गएनन ? किन उनीहरु बिराटनगर या धनकुटा इलाम पुगेनन ?

स्पष्ट छ, चितवन प्रचण्डको गृह जिल्ला हो । चितवनको मेयर रेणु दाहाल हुन । उनी नाताले प्रचण्डको छोरी हुन ।

र, चितवनमा केही समयअघि मात्रै रवि लामिछाने प्रकरणमा आन्दोलन चलेको थियो । ज्ञानेन्द शाहीहरुले यी सबै पक्षको आँकलन गरेर विवाद सिर्जना गर्न नै चितवन रोजेको स्प्ष्ट देख्न सकिन्छ ।

ज्ञानेन्द्र शाहीहरुले अरु जिल्लामा गएर कार्यक्रम गर्दा त्यो बिथोलियो भने उनीहरुले त्यसको दोष प्रचण्डलाई दिने ठाउँ हुँदैन । उनीहरुले प्रचण्डलाई बदनाम गर्न पाउँदैनन्, रेणु दाहाललाई बदनाम गर्न पाउने अवसर पाउँदैनन ।

ज्ञानेन्द्र शाहीहरुको मुख्य निशाना प्रचण्ड र गणतन्त्र बनेको छ । प्रचण्ड यसकारण कि नेपालमा प्रचण्ड नभएको भए राजतन्त्र सम्भवतः अहिलेसम्म पनि जिवितै हुन्थ्यो होला । माओवादीले जाति, धर्म, भूगोल, लिंग र वर्णका मुद्दा उठाएर सामन्ती राजतन्त्रविरुद्ध आन्दोलन नछेडेको भए तत्कालिन नेपाली कांग्रेस र एमालेले यो साहस गर्ने थिएनन् होला । त्यसैले अधिकांशको रिस प्रचण्डमाथि छ ।

राजतन्त्रको अन्त्यपछि पनि प्रचण्ड चुप बसेका छैनन् । उनले अहिलेको व्यवस्था पनि फेरौं र उन्नत समाजवादी नेपालका लागि अघि बढौं भनिरहेका छन् । त्यो भनेको सेना, प्रहरी, अदालत, र राज्यसंरचनामा नै परिवर्तन भन्न खोजेको हो । कर्मचारीतन्त्रको संरचना र आकार फेर्ने कुरा, सामाजिक न्यायसहितको अग्रगामी नेपाली समाजको निर्माण गर्ने कुरा चानचुने विषय होइनन । लामो समयदेखि एउटा अस्तित्वमा रहेको शक्ति अस्तित्व रक्षाका लागि छटपटिनु स्वभाविकै हो । प्रचण्डले परिवर्तनको कुरा गर्छन, त्यसैले उनीविरुद्ध आक्रमण हुन्छ । आलोचना हुन्छ । अहिले यही कुरा ज्ञानेन्द्र शाहीहरुले गरिरहेका छन् ।
ज्ञानेन्द्र शाहीहरुमाथि आक्रमण हुनुहुँदैनथ्यो । त्यसमा बहस गर्नुपर्दैन । तर ज्ञानेन्द्र शाहीहरुको पनि नियत सफा हुनुपथ्र्यो । उनीहरु के का लागि लडिरहेका हुन, त्यो कसकाविरुद्ध लक्षित छ, के पाउन खोजिरहेका हुन ? त्यो स्प्ष्ट हुनुपथ्र्यो । सडकमा ओर्लिएर गाली गर्नुले व्यवस्था सुध्रिन्न । यसले अराजकता मात्र निम्त्याउँछ ।

तर शाहीहरुको कदम हेर्दा उनीहरु स्पष्टसँग प्रचण्ड र गणतन्त्रविरुद्ध खनिएका छन् । यो अवस्थामा गणतन्त्रलाई माया गर्ने, परिवर्तनका पक्षमा उभिने र यसको नायकका रुपमा प्रचण्डलाई माया गर्नेहरुले प्रतिवाद गर्दा हुने अप्रिय अवस्थाको जिम्मेवारी स्वयम् ज्ञानेन्द्र शाही र उनको समूहले लिनु पर्दैन र ?

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: