Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

म्याग्दीको दरखोला लघुजलविद्युत पुनःनिर्माण

म्याग्दी । चार वर्षअघि पहिरोले क्षति पुर्याएपछि बन्द भएको धवलागिरि गाउँपालिका–२ लुलाङको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनःनिर्माण भएको छ ।

विसं २०७२ साउनमा जुगेपानीको पहिरोले नहर बगाएपछि र विद्युत्गृहमा क्षति पुगेपछि २५ किलोवाट क्षमताको परियोजना बन्द भएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र गाउँपालिकाको सहयोगमा पुनःनिर्माण भएको परियोजनाको क्षमता बढाएर ४२ मेगावाट बनाइएको छ ।

विसं २०७५ चैतदेखि शुरु भएको पुनःनिर्माण सकिएपछि भदौ अन्तिम हप्तादेखि बिजुली बलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिए । “बाँध, नहर, विद्युत्गृह नयाँ ठाउँमा बनाइएको छ”, उपाध्यक्ष छन्त्यालले भने, “पुराना काठका जोखिमयुक्त पोल फेरिएको छ, मुख्य र वितरण लाइनको तार पुरानै हो ।”

परियोजना पुनःनिर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु ८६ लाख, गाउँपालिकाले रु ५० लाख विनियोजन गरेका थिए । कूल लागतको १० प्रतिशत उपभोक्ताको श्रमदान छ । उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर पुर्जाले लघुजलविद्युत् परियोजना पुनःनिर्माण भएपछि लुलाङ, खोरिया, मरेनी र लमसुङका ३४० घरधुरी लाभान्वित भएका जानकारी दिए ।

लुलाङ म्याग्दी जिल्लामा सबैभन्दा धेरै दलित समुदायको बसोबास भएको वडा हो । “ठूलो सङ्घर्ष, श्रम र अथक प्रयासपछि बिजुली बाल्न सफल भयौँ”, अध्यक्ष पुर्जाले भने “परियोजना सञ्चालन भएपछि गाउँ झिलीमिली भएको छ ।”

खबाङको दोभानमा बाँध रहेको परियोजनामा ७२५ मिटर लामो पाइपलाइनमार्फतमा ल्याइएको पानीलाई ६२ मिटर अग्लो हेडबाट विद्युत्गृहमा खसालेर बिजुली उत्पादन गरिएको छ । मरेनीको फेदी र दरखोलाको किनारमा विद्युत्गृह बनाइएको उपभोक्ता समितिका सचिव लालबहादुर खड्काथोकीले बताए ।

तत्कालै केन्द्रीय लाइनको विद्युत् पुर्याउन सम्भव नदेखिएकाले लघुजलविद्युत् बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । “यो गाउँपालिकाको गौरवको आयोजना हो”, उनले भने, “भविष्यमा केन्द्रीय प्रसारण लाइनका लागि समेत प्रयोग गर्न मिल्ने विद्युत्का पोल राखेका छौँ ।” उज्यालोका लागि सौर्यबत्ती र टुकी बाल्नुपर्ने अवस्था हटेको स्थानीयवासी टेकलाल रसाइलीले बताए ।

घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युत्बाट चल्ने उपकरणमा आधारित साना उद्योग प्रभावित भएका छन् । मोबाइल चार्ज गर्न, टिभी हेर्न, रेडियो सुन्न सहज भएको वडाध्यक्ष गमप्रसाद विकले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending