रजस्वला हुँदा आएको रगत भएको दृश्य समाविष्ट विज्ञापन नियमसम्मत रहेको र त्यसले प्रसारणको मापदण्ड उल्लङ्घन नगरेको निष्कर्ष अस्ट्रेलियाको टेलिभिजन नियमनकारी निकायले निकालेको छ।
महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याड उत्पादन गर्ने कम्पनी लिब्राले गत महिना उक्त विज्ञापन अस्ट्रेलियाली टेलिभिजनमा प्रसारण गरेको थियो। विज्ञापनमा रगत लागेको कट्टु र एउटी महिलाका खुट्टा देखाइएको थियो।
दर्शकहरूले उक्त विज्ञापन अनुपयुक्त रहेको भन्दै ६०० वटा उजुरी गरेका थिए। अस्ट्रेलियामा यो वर्ष कुनै विज्ञापनविरुद्ध परेको उजुरीको यो सर्वाधिक सङ्ख्या हो।
तर त्यहाँको विज्ञापन उद्योग नियमन गर्ने निकायले ती उजुरी खारेज गर्दै विज्ञापनले दिन खोजेको सन्देशको प्रशंसा गरेको छ।
भ्रम हटाउने उद्देश्य
एड स्ट्यान्डर्ड्सले उक्त अभियानले ूसमानतालाई प्रवर्धन गरेको र महिनावारीसँग जोडिएका भ्रमलाई चिरिरहेकोू देखिएको बताएको छ।
लिब्राको माउ कम्पनी एसेलियो केअरले महिनावारी हुँदा महिला तथा किशोरीहरूले खेप्ने गरेको लज्जाको अनुभूति र गलत विश्वासलाई उक्त विज्ञापनले सम्बोधन गरेको प्रतिक्रिया दिएको छ।
उक्त विज्ञापनमा यी वाक्य पनि लेखिएका थिएस् महिनावारी सामान्य कुरा हो। महिनावारी भएको देखाउनु पनि त्यस्तै हुनुपर्छ।
तर उजुरीकर्ताहरूले विज्ञापनको प्रस्तुति अपमानजनक र अनुपयुक्त र घिनलाग्दोू भएको तर्क गरेका थिए।
त्यसको उत्तरमा अस्ट्रेलियाको नियमनकारी निकायले केही दर्शकहरूले शरीरबाट महिनावारीको बेला निस्कने पदार्थ हेर्न नचाहेको तर उक्त विज्ञापनले आचारसंहितालाई नमिचेको जनाएको छ।
उक्त निकायले टीभी बढी हेरिने समयमा त्यस्तो विज्ञापन देखाइनु वा बालबालिकाका लागि उक्त विज्ञापन अनुपयुक्त भएको तर्कको खण्डन गरेको छ।
आफ्नो प्रतिवेदनमा नियामकहरूले उक्त विज्ञापनमा कुनै पनि नकारात्मक शब्द वा चित्र नरहेको उल्लेख गरेका छन्।
प्याडमा रगत देखाउन नीलो रङ्ग
त्यो विज्ञापनले रजस्वला हुने विषयमा लज्जित हुनुपर्ने वा रजस्वला भएका महिलालाई अन्य व्यक्तिभन्दा कम आँक्ने आशयको सन्देश नदिएको पनि नियमनकारी निकायको निष्कर्ष छ।
एसेलिओ केअरले उक्त विज्ञापनको सम्बन्ध आफ्नो भगिनी कम्पनी एसीटीको ३द्ययियमल्यचmब िअभियानसँग भएको जनाएको छ।
उक्त अभियानमा नीलो नभई रातो तरल पदार्थको दाग स्यानिटरी प्याडमा देखाइएको थियो।
सन् २०१७ मा यूकेबाट आरम्भ भएको उक्त अभियान युरोप, अमेरिका र दक्षिण अफ्रिकासम्म फैलियो।
त्यसको छ वर्षअघि अल्वेज नामक कम्पनीले पहिलो पटक महिनावारीमा प्रयोग गरिने प्याडमा रातो थोप्ला राखेर विज्ञापन बनाएको थियो।
उक्त फर्मको विज्ञापन एजेन्सीमा प्रशिक्षार्थीका रूपमा काम गरिरहेका लिओ ब्राउनले त्यो उपाय सुझाएका थिए। उक्त अभियान सन् २०११ मा चलाइएको थियो। बीबीसी
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: