Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

चिकित्सा शिक्षाका बेथितिविरुद्ध अनेरास्ववियूकाे गम्भिर ध्यानाकर्षण

काठमाडाैं । पछिल्लाे समय चिकित्सा शिक्षाका क्षेत्रमा बढ्दै गएका विकृति, विसंगती र बेथितिका विरुद्धमा अनेरास्ववियूकाे गम्भिर ध्यानाकर्षण भएकाे छ। आज एक विज्ञप्ति जारी गर्दै संगठनले मापदण्ड विपरित चर्काे शूल्क अशुल्ने मेडिकल कलेजहरुमा विद्यार्थीहरुले गर्दै आएका आन्दाेलन र संघर्षका कार्यक्रमहरु प्रति ऐक्यबद्धता रहेकाे भन्दै मेडिकल कलेजहरुलाई त्यस्ताे नगर्न ध्यानाकर्षण गराएकाे हाे।

विज्ञप्तिमा भनिएकाे छ, \'विगत केही दिनदेखि निर्धारित मापदण्ड भन्दा बढी शूल्क असुलीका विरुद्ध चिकित्सा शिक्षा संघर्ष समितिकाे नाममा स्वतन्त्र विद्यार्थी युनियन महाराजगञ्ज मेडिकल कलेजकाे नेतृत्वमा चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायतका विद्यार्थीहरुले चलाएकाे आन्दाेलन प्रति हाम्राे संगठनकाे ऐक्यबद्धता रहेकाे कुरा स्पष्ट गर्न चाहन्छाैं।\'

संयोजक ऐन महरले बुधबार जारी गरेकाे विज्ञप्तिमा २०७५ चैत ८ गते सरकारले निजी मेडिकल कलेजहरुले लिएको तोकिएको भन्दा बढी शुल्क एक महिनाभित्र फिर्ता गर्न र निजी मेडिकल कलेज समेतको संलग्नतामा शुल्क फिर्ताको अनुगमन गर्न विश्वविद्यालय, मेडिकल काउन्सिल र कलेजहरुलाई निर्देशन दिए पनि कार्यान्वयन नभएकोमा अनेरास्ववियूले विरोध जनाएको छ । त्यसकै कारण अहिलेको आन्दोलन भइरहेको भन्दै अनेरास्ववियूले तोकिएको शुल्क कार्यान्वयन सशक्त रुपमा गर्न सरकारलाई आग्रह गरेको छ ।

अनेरास्ववियूले विद्यार्थीहरुको शान्तिपूर्ण आन्दोलनमा कुनै दमन धरपकड नगर्नसमेत आग्रह गरेके छ । मेडिकल कलेजमा शुल्कको कडाइका साथ कार्यान्वयन, सिट संख्याको वैज्ञानिक एवं व्यवस्थित ढंगले निर्धारण चिकित्सा शिक्षा ऐनमा भएको ७५ प्रतिशत छात्रावृत्तिको कार्यान्वयन गर्न माग गरेको छ ।

अनेरास्ववियुले अतिरिक्त शुल्क फिर्ता नगरेमा चितवन मेडिकल कलेज र गण्डकी मेडिकल कलेजलगायत सम्बन्धनप्राप्त कलेजमा यो वर्षका लागि लिइने भर्ना खारेज गर्न सरकार र चिकित्सा शिक्षा आयोगसँग माग गरेको छ ।

\"\"

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies