Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

यसरी हुन्छ सामुदायिक विद्यालयकाे सुधार, शिक्षामन्त्रीकाे यस्ताे सुझाव

मकवानपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेता, जनप्रतिनिधि र उच्च पदस्थ सरकारी कर्मचारीले आफ्ना बालबालिकाको लागि सामुदायिक विद्यालय छनोट गरेमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुने बताएका छन् ।

शनिबार हेटौँडामा आयोजित नमुना विद्यालय हस्तान्तरण कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा सरकारले गरेको ठूलो लगानीको उचित प्रतिफल ल्याउनका लागि सामुदायिक विद्यालय सुधार कार्य आवश्यक रहेको बताए ।

मन्त्री पोखरेलले भने, “अब सामुदायिक विद्यालयमा साधारणभन्दा पनि प्राविधिक शिक्षाको पढाइ आवश्यक छ । यसले शिक्षालाई सीप, सीपलाई रोजगारी र रोजगारीले समृद्धि सम्भव हुन्छ ।”

उनले हालसम्म नेपालमा ८० प्रतिशत साधारण र २० प्रतिशत मात्र प्राविधिक शिक्षा अध्यापन गराइने भएकाले अब यसलाई उल्टाउनुपर्ने समय आएको बताउँदै अबको दिनमा सामुदायिक विद्यालयले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने खालको शैक्षिक गतिविधि अगाडी बढाउनुपर्नेमा जोड दिए ।

मन्त्री पोखरेलले नेपाल सरकारले पाँच वर्षभित्र विद्यालय भवनहरुको पुनःनिर्माण सम्पन्न गर्ने संकल्प लिएको उल्लेख गर्दै अब एक हजार ७०० विद्यालय पुनःनिर्माण हुन बाँकी रहेको र जग्गा लगायतका विवादका कारणले त्यो कार्य अड्किएको बताए ।

सङ्घीय लोकतन्त्रको यथार्थ जनजनमा पुर्‍याउन शिक्षा नै उपयुक्त माध्यम भएको बताउँदै उनले अबको दिनमा हिजोको शैलीमा गराइने पठनपाठनले काम नगर्ने हुँदा पुरानो ज्ञान दिनेमात्र नभएर नयाँ ज्ञान सिक्नतर्फ शिक्षक उन्मुख हुनुपर्नेमा जोड दिए ।

मन्त्री पोखरेलले विगतमा शिक्षक हुन राजनीतिक दल, ट्रेड युनियनमा जोडिएको जस्तो अबको दिनमा विद्यार्थीको परीक्षाफलमा जोडिनुपर्नेमा बताउँदै शिक्षामा क्रान्तिको आवश्यकता छ र त्यो क्रान्ति सिकाइले मात्र ल्याउँने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्यहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल लगायतले बोलेका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies