Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

सांसद भन्छन्, 'भैंसी र कुखुरामा कर, एनसेललाई उन्मुक्ति !'

काठमाडौं । सर्वोच्च अदालतले एनसेलबाट पूँजीगत लाभकर असुल नगर्न आदेश दिएपछि यो बिषय संसदमा पनि प्रवेश गरेको छ। संसदमा सांसदहरुले एनसेलबाट लाभकर असुली नगर्न दिएको आदेशबारे छलफल हुनुपर्ने माग गरेका छन्। पूर्वसांसद रामहरि खतिवडाले भने–‘कर निर्धारण गर्ने कुरा अर्थमन्त्रालय अन्तर्गतका कर कार्यालयको हो। कानूनमै त्यो कुरा उल्लेख छ। कर निर्धारण गर्ने काम अर्थमन्त्रालय र संसदको हो। संसदले बजेट भाषणबाट कर निर्धारण गर्छ। त्यो कार्यान्वयन भयो भएन हेर्ने काममात्र अदालतको हो, कर नै नतिर, असुली नगर भन्ने हो कि होइन अदालतले स्पष्ट पार्नुपर्छ। अर्को कुरा, अरबौ अरब तिर्ने एनसेल जस्तालाई उन्मुक्ति दिने, भैंसी र कुखुरा बेच्नेलाई कर लाउने ?’ खतिवडा भन्छन्-प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले चर्चामा आउनका लागि न्यायालय शुद्धिकरण गर्छु, भ्रष्टाचार नियन्त्रण गर्ने भनेर एनसेलबाट लाभकर असुली गर्न ठूला करदाता कार्यालयलाई आफ्नै नेतृत्वको ५ सदस्यीय इजालसबाट आदेश दिए। जुन आदेशपछि ठूला करदाताले कर निर्धारण गरेको हो। तर ठूला करदाताले कर निर्धारण गरेपछि आफ्नै नेतृत्वमा दिएको आदेश विरुद्ध रिट दर्ता गरियो। दरपीठ हुनुपर्ने रिट दर्ता गरिएपछि नै एनसेललाई उन्मुक्ति दिन खोजिएको आशंका गरिएको थियो। जुन आशंका भदौ ९ मा सर्वोच्चले लाभकर नतिर्न आदेश दिएपछि सत्य सावित भयो। प्रधानन्यायाधीशले न्यायालयको भ्रष्टाचार नियन्त्रण गर्छुु भनेको कुरा सस्तो लोकप्रियताका लागि रहेछ भन्ने कुरा दरपीठ हुनुपर्ने रिट दर्ता गरी लाभकर नतिर्न आदेश दिएपछि पुष्टी भएको छ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: