काठमाडौ । किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको हो । सोही मैदानमा हिजो आइतबार भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको थियो ।
जीतसँगै दुई खेल खेलेको उज्वेकिस्तानले अपराजित रहँदै ६ अङ्क बटुलेको छ । हिजो भएको खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै समान दुई खेल नै खेलेको नेपालको तीन अङ्क छ ।
नेपालले अब आफ्नो तेस्रो खेल भोलि ताजिकिस्तानसँग खेल्नेछ । नेपालले खेलको पहिलो हाफमा एक गोल खायो भने खेलको दोस्रो हाफमा पनि समान एक गोल नै खायो । उज्वेकिस्तानले खेलको ३४ र ५१औँ मिनेटमा गोल गरेको थियो ।
नादेज्दा कपमा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल यही भदौ २६ गते हुनेछ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: