Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

साताको शेयर : एक अर्ब ६१ करोडको कारोवार, वाणिज्य बैंकको बोलवाला

काठमाडौं । धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्योे । यसै साता बजार ओरालो लागेर एघार सयको बिन्दुमा झरेको छ ।

बजारमा लगानीकर्ताको मनोविज्ञान नकारात्मकतातर्फ उन्मुख भएको भन्दै बजार ओरालो लागेको बताइँदै आएको छ । कारोवार रकम र नेप्सेको अवस्थाले पनि सोही कुरालाई इङ्गित गरेको छ ।  यस साता ६० लाख २४ हजार ९७५ कित्ता शेयर रु एक अर्ब ६१ करोड ४८ लाख ३८ हजार ३७७ मूल्यमा खरीद बिक्री भए । 

गत साताको अन्तिम दिन अर्थात् यही भदौ ५ गते बिहीबार नेप्से ०।९९ विन्दुले घटेर एक हजार २१३।०६ विन्दुमा झरेर बन्द भएको थियो । यस साताको पहिलो दिन आइतबार नेप्से ३।४५ विन्दुले घटेर एक हजार २०९।६२ विन्दुमा पग्यो । नेप्से ओरालो लाग्दा कारोवार रकमसमेत सस्तैमा समेटियो । 

कूल १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता शेयर रु ३५ करोड दुई लाख ६९ हजार ५०९ मूल्यमा खरीद बिक्री भए । यस्तै सोमबार पनि नेप्से ६।४९ बिन्दुले घटेर एक हजार २०३।१३ बिन्दुमा पुग्यो । नेप्से घटेपनि कारोवार रकम भने औसतमा रह्यो । कूल १७२ कम्पनीको १६ लाख तीन हजार ३२६ कित्ता शेयर रु ३८ करोड पाँच लाख ९६ हजार ५७१ मा कारोवार भए ।  

साताको तेस्रो दिन मङ्गलबार नेप्से परिसूचक उकालो लाग्यो ।  सो दिन नेप्से ४।८७ बिन्दुले बढेर एक हजार २०८ मा पुग्यो । कूल १६७ कम्पनीको आठ लाख ५० हजार ३८६ कित्ता शेयर रु २४ करोड ४६ लाख ६८ हजार २०९ मूल्यमा कारोवार भयो । 

यस्तै बुधबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेप्से  १०।२६ अङ्कले घटेर एक हजार १९७।७५ मा झ¥यो । परिसूचक घटेपनि कारोवार भने औसत नै रह्यो । कूल १६८ कम्पनीका १३ लाख १९ हजार ८०६ कित्ता शेयर रु ३७ करोड १९ लाख ४४ हजार ४२९ मा खरीद बिक्री भए । 

साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लाग्यो । नेप्से १।३३ अङ्कले घटेर एक हजार १९६।४१ मा सीमित भयो । नेप्से घटेसँगै कारोवार रकमसमेत सस्तैमा समेटियो । कूल १७० कम्पनीको नौ लाख ७५ हजार ८३४ कित्ता शेयर रु २७ करोड ७३ लाख ५९ हजार ६५९ मा खरीदबिक्री भए । 

वाणिज्य बैंकको बोलवाला

शेयर कारोवारका आधारमा यस साता वाणिज्य बैंकहरुकै बोलबाला रह्यो । आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट धमाधम लाभांश घोषणा हुन थालेपछि बजारमा वाणिज्य बैंक उपसमूहको नै बोलवाला रहेको हो । शेयर कारोवारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल बैंक लिमिटेड, एनआइसि एशिया बैंक, प्रभु बैंक, रसुवागढी जलविद्युत् कम्पनी, महालक्षमी विकास बैंक, मेगा बैंक, एनसिसि बैंक, माछापुच्छ्रे बैंक र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड क्रमशः शीर्ष स्थानमा रहे । 

छ कम्पनीका शेयर सूचीकृत

स्टकमा यस साता विभिन्न छ कम्पनीका शेयर सूचीकृत भए । त्यसमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड नौ लाख ९२ हजार ३२१ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । यस्तै सेञ्चुरी बैंकको १६ लाख ५० हजार ९२ कित्ता शेयर लाभांश, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको दुई लाख २२ हजार ७५० कित्ता शेयर लाभांश, नागबेली लघुवित्त वित्तीय संस्थाको एक लाख ४३ हजार ८०० कित्ता शेयर लाभांश, गरिमा विकास लघुवित्त वित्तीय संस्थाको ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर र प्रिमियर इन्स्योरेन्स कम्पनीको ४९ लाख पाँच हजार ६०० कित्ता शेयर लाभांश सूचीकृत भएको छ । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending