Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

भरतपुर महानगरपालिका डेंगु नियन्त्रण कार्यमा व्यस्त

चितवन । भरतपुर महानगरपालिकाले डेँगु रोग नियन्त्रण तथा रोकथाम अभियानको थालनी गरेको छ । अभियान अन्तर्गत महानगरपालिकाले शनिबार बृहत जनचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेको हो ।

सचेतनासहित महानगरको कार्यालयबाट निस्किएको प्रभातफेरी, सहिदचोक, कमलनगर, न्युरोडहँुदै पुलचोक र त्यहाँबाट पोखराबसपार्कमा पुगी कार्यक्रममा परिणत भएको थियो ।

औपचारिक कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले अध्यक्षताको भूमिका निर्वाह गरेकी थिइन् । कार्यक्रममा बोल्दै फिजिसियन डा भोजराज अधिकारीले डेँगु नियन्त्रणको लागि सबैभन्दा सजिलो उपाय नै हरेक नागरिक सचेत रहनु पर्ने र आफ्ना घर, टोल, छिमेकमा पानी जम्न दिन नहुने र यसको केही लक्ष्ण देखा परे तुरुन्त स्वास्थ्य संस्थामा गइहाल्नु पर्ने बताए ।

यो रोग नियन्त्रणका लागि बेलैमा चनाखो नभए यसले महामारीको रुप लिन सक्ने भन्दै उनले यसमा सबै सचेत हुनु पर्ने बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले डेँगु नियन्त्रण र रोकथाममा सबै नागरिकको बराबरी दायित्व रहेको बताउँदै यसको रोकथामका लागि खोज र नष्ट अभियान थाल्ने समेत बताए । उनले आफ्नो घर, आँगन, होटल, बसपार्क, गाडी ग्यारेज सबैतिर बिशेष निगरानी गरी यस्तो लामखुटे रहने स्थानहरुमा सरसफाई गरी यसलाई हुर्कन नदिन आग्रह गरे ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले सबै नगरवासीको साथ र सहकार्य भए यसलाई महामारीको रुप हुन नदिने बताउँदै यसको न्यूनिकरणमा महानगर निकै चनाखो रहेको बताइन् ।

उनले हरेक घरघर टोलटोललाई सक्रिय बनाएर यो अभियानमा सबैलाई सहभागी बनाएर यसलाई रोकथाम गरिछाड्ने प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, जनप्रतिनिधि, सर्वसाधारण नगरवासीको सहभागिता रहेको थियो ।

चितवनमा डेंगु र स्क्रबटाईफसका कारण तीन जनाको मृत्यु भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका छन् । कार्यालयका अनुसार साउन यता डेंगुको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ भने स्क्रबटाईफसका कारण एक युवाको मृत्यु भएको छ । डेंगु र स्क्रब टाइफस दुवैको संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ ।

चालु आर्थिक वर्षमा १ हजार ३ सय ५६ जनाको परीक्षणमा ४ सय ५० जनामा डेंगुको संक्रमण देखिएको बताइएको छ । जिल्लामा हरेक ३ ÷३ वर्षमा डेंगुको महामारी हुँदै आएको कार्यालयको तथ्यांकले देखाएको छ ।

अहिले लामखुट्टे कम भए पनि डेंगुको संक्रमण गराउने लामखुट्टेको संख्या बढिरहेको र यसको संक्रमणको अत्याधिक जोखिम रहेको चिकित्सकहरुले बताएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending