एजेन्सी । ट्वीटरका सह–सस्थापक तथा सीईओ ज्याक डोर्सीकै एकाउन्ट केही समय ह्याकरको नियन्त्रणमा गएको समाचार आएको छ ।
‘चक्लिङ स्क्वाड’ नामक ह्याकरहरुको समूहले डोर्सीको एकाउन्ट आफूहरुले ह्याकिङ गरेको दावी गरेको छ ।
चालिस लाख फलोअर्स रहेको डोर्सीको एकाउन्टबाट ह्याक भएको १५ मिनेट कयैन अत्यन्त आपत्तिजनक र नश्लीय ट्वीट पोष्ट भएका थिए ।
ट्वीटरले आफ्ना प्रमुखको एकाउन्ट ह्याक गर्न कम्पनीको प्रणाली नभएर डोर्सीले प्रयोग गर्ने गरेको एक मोबाइल सिमको प्रयोग भएको जानकारी दिएको छ ।
‘डोर्सीले ट्वीटर एकाउन्ट खोल्न प्रयोग गरेका मोबाइल नम्बर मोबाइल प्रदायकको लापरबाहीका कारण ह्याकरको हातमा पुगेको थियो,’ ट्वीटरले एउटा वक्तव्यमा भनेको छ ।
‘यसले गर्दा अनाधिकृत व्यक्तिले उक्त मोबाइल नम्बर प्रयोग गरेर टेक्ट म्यासेजमार्फत ट्वीट गरे । उक्त समस्या अहिले हल भएको छ ,’ वक्तव्यमा भनिएको छ ।
कसरी भयो ह्याक
ट्वीटरभित्रका स्रोतले अन्तर्राष्ट्रिय संचारमाध्यम बीबीसीलाई ह्याकरले डोर्सीको एकाउन्ट नियन्त्रण गर्नको लागि ‘सिमस्वापिङ’ नामक प्रविधि प्रयोग गरेको पुष्टि गरे ।
यस प्रविधिमा एकाउन्ट खोल्न प्रयोग गरिएको मोबाइल नम्बर नयाँ सिम कार्डमा ट्रान्सफर गरिन्छ । त्यसो गर्न ह्याकरले मोबाइल प्रदायकलाई झुक्याउने अथवा त्यहाँ कार्यरत ग्राहक सेवाका कर्मचारीलाई घुस दिने गर्छन् ।
नम्बर नियन्त्रण लिइसकेपछि, ह्याकरले टेक्ट्स म्यासेजमार्फत सिधै डोर्सीको एकाउन्टमा ट्वीट पोष्ट गरेका थिए ।
आजकल अधिकांश ट्वीटर प्रयोगकर्ता ट्वीट गर्नको लागि मोबाइल एप प्रयोग गर्छन् । तर सुरुवाती दिनमा ट्वीट गर्न मोबाइलको म्यासेज प्रयोग गर्ने चलन थियो ।
मोबाइल म्यासेजमा धेरै शब्द लेख्न नसकिने भएकाले नै ट्वीटरको थोरै शब्दको सीमा स्थापित भएको थियो ।
विकासोन्मुख देशमा अझै मोबाइल डाटाको मूल्य धेरै रहेकाले ट्वीटरले ती क्षेत्रलाई ध्यानमा राखेर अझै मोबाइलको म्यासेजमार्फत ट्वीट गर्ने प्रविधि यथावत राखेको छ ।
ह्याकरले के पोष्ट गरे ?
ज्याक डोर्सीको एकाउन्टबाट सिधैं पोष्ट भएका र रिट्वीट गरिएका आपत्तिजनक ट्वीटमा अश्वेतलाई गरिने नश्लीय सम्बोधन र यहुदीप्रति घृणा गर्न प्रयोग होलोकाष्टको सन्दर्भ समेटिएका थिए ।
एउटा पोष्टले त ट्वीटरको मुख्यालमा बम भएको संकेत गरेको थियो ।
ह्याकर समूह ‘चक्लिङ स्क्वाड’ले पछिल्लो समय विभिन्न उच्चपदस्थ ट्वीटर एकाउन्टमाथि हमलाको जिम्मेबारी लिइरहेको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: