Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

सुदूरपश्चिममा १४ दशमलव ४ प्रतिशत महिला शारीरिक हिंसामा

धनगढी । सुदूरपश्चिम प्रदेशमा कूल महिला जनसङ्ख्यामध्ये १४ दशमलव ४ प्रतिशत महिला शारीरिक हिंसामा पर्ने गरेका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक उत्तरदायी बजेट’ विषयक अन्तरक्रियामा प्रस्तुत गरिएको तथ्याङ्कमा निजी जीवनको मामिलामा निर्णय गर्दा ५० दशमलव ५ प्रतिशत महिलाले आफ्नो स्वास्थ्यको निर्णय एकल वा संयुक्तरुपमा गर्ने गरेको उल्लेख छ । शारीरिक हिंसामा पर्नेमध्ये ६ दशमलव १ प्रतिशत यौन हिंसामा पर्ने गरेको जनाइएको छ ।

यो प्रदेशमा कूल महिला जनसङ्ख्याको झण्डै ७० दशमलव १ प्रतिशत महिला औपचारिक वा अनौपचारिक रुपमा कुनै न कुनै प्रकारको रोजगारीमा लागेका छन् । रोजगारी गरिरहेका महिलामध्ये ७२ दशमलव ३ प्रतिशत महिलाको आम्दानी आफ्नो श्रीमान्भन्दा कम रहेको र ३३ दशमलव ७ प्रतिशत महिलाले बैंक खाताको प्रयोग गर्ने गरेको बताइएको छ ।

साक्षरता दर कमजोर रहेको सुदूरपश्चिम प्रदेशमा अशिक्षित महिला ४० दशमलव ९ प्रतिशत रहेका छन् । यीमध्ये ४ दशमलव ६ प्रतिशतले प्राथमिक शिक्षा पूरा गरेको, ८ दशमलव ४ प्रशिशतले मावि शिक्षा र ११ दशमलव ३ प्रतिशतले उच्च शिक्षा पूरा गरेको तथ्याङ्क छ ।

विसं २०६८ को जनगणनाअनुसार यो प्रदेशमा कूल २५ लाख ५२ हजार ५१७ जनसङ्ख्यामध्ये महिलाको सङ्ख्या १३ लाख ३४ हजार ६३० रहेको छ । महिला र विपन्नमाथि हुने विभेद् यो प्रदेशमा एक मुख्य सामाजिक समस्याका रुपमा रहेको छ ।

प्रदेश सरकारको चालू वर्षको बजेट नीति कार्यक्रममा महिला, विपन्न समुदाय, बालबालिका, जाति जनजातिलगायतलाई सैद्धान्तिक रुपमा यथोचित स्थान दिइएको भए पनि यस्ता कतिपय कार्यक्रममा कति बजेट विनियोजन गरिएको हो भन्ने यर्थाथ तथ्याङ्क उपलब्ध हुन नसकेको बताइएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका अध्ययन निर्देशक राजेन्द्र अधिकारीले पछिल्लो समयमा प्रतिष्ठानले प्रदेश र स्थानीय तहका सरकारको क्षमता विकासको क्षेत्रमा काम गरिरहेको बताए ।

यसै क्रममा प्रदेशको नेतृत्व तहमा रहेका जनप्रतिनिधि र कर्मचारीलाई एकै ठाउँमा राखेर प्रदेशको लैङ्गिक समता, सामाजिक समावेशीकरण तथा लैङ्गिक बजेटलगायतका क्षेत्रको अवस्थाबारे छलफल गरी नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका योजनालाई कार्यान्वयन गर्नका लागि सहजीकरण गर्ने उद्देश्यले यो अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा सुदूरपश्चिम प्रदेशका सभामुख, उपसभामुख, मन्त्री, प्रदेशसभा सदस्य, कर्मचारीलगायतको सहभागिता रहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies