Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

कर्णालीमा पाँच हजार साना उद्योग थप

सुर्खेत । आर्थिक वर्ष २०७५÷७६ मा कर्णाली प्रदेशमा पाँच हजार ७८८ साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार गत वर्ष नयाँ उद्योगका रुपमा घरेलु तथा साना, लघु र वाणिज्य प्रकृतिका उद्योग दर्ता भएका हुन् । मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले घरेलु तथा साना उद्योगतर्फ तीन हजार ३९७, लघु उद्योगतर्फ ४२६ र वाणिज्यतर्फ एक हजार ९६५ उद्योग दर्ता भएको जानकारी दिए । मझौला र ठूला उद्योगहरु भने दर्ता भएका छैनन् । गाउँगाउँसम्म सडक र बैंक पुगेपछि साना तथा घरेलु उद्योगहरुमा आकर्षण बढेको उनको भनाइ थियो ।

मन्त्रालयले प्रदेश राजधानीमा जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र निर्माणको प्रक्रिया यसै वर्षदेखि शुरु हुने जनाएको छ । “सुर्खेतको भेरीगङ्गा नगरपालिका छिन्चुमा छ हेक्टर जग्गा भोगाधिकारका लागि उपलब्ध गराउन सङ्घीय सरकारसँग अनुरोध गरिएको छ”, सूचना अधिकारी रोकायाले भन्नुभयो, “अहिले जथाभावी भइरहेको जडीबुटी सङ्कलनलाई एकद्वार गरी व्यवस्थित गर्न प्रयास गर्दैछौँ, त्यसकै लागि प्रशोधन केन्द्र खाँचो रहेको हो ।” उनले वीरेन्द्रनगरको लाटीकोइलीमा सञ्चालित जडीबुटी प्रशोधन तथा भण्डारण केन्द्रलाई सुविधासम्पन्न बनाउन आवश्यक बजेट विनियोजन भइसकेको जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending