Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

संसदीय व्यवस्था असफल भयो, समाजवादी कार्यदिशामा जाऔं : नेता अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नं.–१ का सांसद हरिराज अधिकारी ‘कुमार’ले नेपालमा संसदीय व्यवस्था असफल भएकाले त्यसको बिकल्प खोज्नैपर्ने बताएका छन्।

नेता अधिकारीले परम्परागत संसदीय व्यवस्थाले राष्ट्रिय समस्याको सम्बोधन गर्न नसक्ने बताएका हुन्। उनले नेपालको संविधानले संसदीय व्यवस्थाको परिकल्पना नगरेकोसमेत बताएका छन्। नेकपाभित्र समाजवादी क्रान्तिको रणनीतिबारे बहस चलिरहेका बेला अधिकारीले संसदीय व्यवस्थाको बिकल्प खोज्नुपर्ने बताएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अधिकारीले नेपाली मौलिकताको समावेशी लोकतन्त्रले मात्र समस्याको सम्बोधन गर्नसक्ने बताएका छन्। नेकपाभित्र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा ओझेलमा परिरहेका बेला नेता अधिकारीले समावेशी लोकतन्त्रको जगमा उभिएको समाजवादी व्यवस्थाको आवश्यकता औल्याएका हुन्।

अधिकारीले राजावादी शक्तिले गणतन्त्र र दलीय व्यवस्थामाथि प्रहार गरिरहेकोतर्फ इङ्गित गर्दै संसदीय व्यवस्थाको बिकल्प नखोजे छिट्टै राजनीतिक ध्रुवीकरण पैदा हुने र त्यसले सङ्घर्षकै बलमा समाजवाद स्थापना हुने पनि बताएका छन्।

यस्तो छ अधिकारीको स्टाटस

नेपालमा परम्परागत संसदीय व्यवस्था असफल भयो। हाम्रो संविधानले भनेको र परिकल्पना गरेको व्यवस्था परम्परागत संसदीय व्यवस्था होइन। यो त हाम्रो मौलिकतामा आधारित समावेशी, समानुपातिक, समानता र न्याय पूर्ण सहभागितामूलक व्यवस्था हो। अनुभवजन्य ज्ञानलाई मात्र आधार बनाएर परिचालन गर्न र हुन खोज्दा विषयहरु सुल्झिनभन्दा बल्झिदै जान थाले। संविधानको मर्मलाई सवैले समयमा नै आत्मासाथ गरौं। नत्र समाजवाद मौलिक ढंगले झन छिटो आउन सक्छ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: