Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

गणतन्त्रमाथि प्रहार गर्ने विरुद्ध दलहरू एकजुट, कसले के भने ?(भिडियाे)

काठमाडौं । बालुवाटारमा अाज साँझ बसेकाे सर्वदलीय बैठकमा प्रतिपक्षी दलहरूले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ साथ दिने बताएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले देशले प्राप्त गरेको उपलब्धिमाथि प्रहार गर्ने तत्त्व र शक्तिहरू सक्रिय भएको भन्दै चिन्ता जनाएका थिए।  बैठक पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले परिवर्तन विरूद्ध भएका उग्रवामपन्थी तथा उग्रदक्षिणपन्थीबाट भएकाे खतराकाे सामना गर्न अाफूहरू साथ रहेकाे बताए । उनले सरकारले ल्याउने विधेयकमा पर्याप्त छलफल नभएको जानकारी आफूहरूले गराएको पनि बताए।

उनले प्रधानमन्त्री आफैँले शक्ति हातमा राखेको कुरा उठाएकाे बताउँदै त्यसमा प्रधानमन्त्रीले नकारात्मकरूपमा लिनु नभएकाे जानकारी दिए ।  प्रधानमन्त्री भएपछि पहिलो पटक बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री पनि सकारात्मकरूपमा प्रस्तुत भएको उनकाे भनार्इ थियाे । ‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन कुरा भएको छ’, ‘प्रमले स्वास्थ्य अवस्थाबारे पनि जानकारी गराउनु भयो’, उनले भने, ‘फलोअप र उपचारका लागि जानुहुने भएकाले हामीले स्वास्थ्य लाभको कामना गर्‍यौँ।’

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अुनसार प्रधानमन्त्रीले बैठकको सुरुमै दलहरूबीच सहकार्यको आवश्यकता औँल्याएका थिए। बैठकमा प्रम अाेलीले देशमा हिंसात्मक गतिविधि हुन नदिन हामी सबै एक भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै शान्ति स्थापना गरेर यहाँ आइपुगेपछि देशलाई फेरि हिंसामा लानु नहुने बताए । यस्तो गतिविधि नहोस् भन्नका लागि शान्ति दीगो बनाउन एक जुट हुनुपर्ने प्रमकाे भनार्इ उदृत गर्दै प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीलार्इ बताए। 

प्रधानमन्त्रीले बोलेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य नेताले पनि प्रधानमन्त्रीको भनाइमा सहमति जनाएका थिए। ‘गणतन्त्र, संघीयता, संविधान र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि हामी एकताबद्ध छौँ’, देउवाको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने। 

‘राजनीतिक पार्टीका नेतालाई प्रधानमन्त्रीले बाहिर चर्चा चले जस्तो स्वास्थ्य गम्भीर नरहेको बताउनुभयो’, श्रेष्ठले भने, ‘डाक्टरहरूले दिएको सुझाव अनुसार पर्सी प्रधानमन्त्री सिंगापुर जाने बताउनुभएको छ। सबै नेताहरूले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्नुभयो।’ बैठक भाेलि पुनः बस्ने र उक्त बैठक सत्य निरूपण तथा मेलमिलाप अायाेगका बिषयमा छलफल केन्द्रित हुने नेताहरूले जानकारी दिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies