Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

कम्युनिष्टले क्रान्ति गर्न सके, सरकार चलाउन सकेनन् : सुरेन्द्र पाण्डे

चितवन । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विश्वमा कम्युनिष्ट पार्टीहरु क्रान्ति गर्न सक्ने तर सरकार सञ्चालन गर्न असफल हुने अवस्थाबाट नेपालले पाठ सिक्नु पर्ने बताएका छन्।

कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४१ औं स्मृति दिवसको अवसरमा चितवनको नारायणगढमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले विश्व राजनीतिको इतिहासलाई हेरेर वर्तमान सरकारले कार्यशैलीमा परिवर्तन गर्नु पर्नेमा जोड दिए। ‘क्रान्ति गर्न हामी कम्युनिष्ट अगाडि छौं, तर सरकार सञ्चालनमा विश्वमा असफल भयौं’ उनले भने ‘यो यथार्थलाई बुझेर कार्यशैलीमा परिवर्तन गर्न नसक्ने हो भने नेपालमा सरकार ढल्न सक्छ।’

सरकारले आउँदा दिनमा कस्तो समाज निर्माण गर्ने, विश्वको परिवर्तनलाई कसरी सामना गर्ने भन्ने दुरदर्शी सोचका साथ योजना ल्याउनु पर्नेमा जोड दिए। अबको समाज कस्तो बनाउने भन्ने विषयमा पार्टी भित्र छलफल नभएको भन्दै चिन्ता व्यक्त गरे। उनले भने ‘नेपालमा सबैभन्दा ठूलो समस्या बेरोजगारी हो यसलाई हल गर्ने योजना ल्याउन नसके सरकार असफल हुन्छ। अहिलेपनि ४० लाख नेपाली विदेशिएका छन्। उनीहरुलाई नेपालमा ल्याउने, यही उद्यम गरी उत्पादनमा जोड दिने योजना अहिलको आवश्यकता भएको नेता पाण्डेले बताए।

उद्योगधन्दा स्थापना, बेरोजगारी हल गर्ने उपायहरु, उत्पादन हुने कार्यमा जोड दिन नसके सरकार असफल भएर जाने उनले बताए। अहिले केका लागि आन्दोलन गर्ने उनले भने स्थानीयदेखि संघसम्मका सरकारसँग उनले प्रश्न गरे। सबै समस्या हल गर्ने भनेर सरकार चलाइराखेको पार्टीले नै काम गर्न नसके कस्ले गर्दछ उनको भनाई थियो।

पुष्पलालको विचारलाइ सम्झर्दै उनले भने ‘कम्युनिष्ट पार्टीको विचार र यसको सिद्धान्तमा युवा पंक्तिलाई ल्याउन नसक्ने हो भने पार्टी पतन भएर जानेछ।’ पौंढ अवस्थाका व्यक्तिहरु मात्र बैचारिक बहस गर्ने र पार्टीको सिद्धान्तका विषयमा लाग्ने गरेको भन्दै युवाहरुको आकर्षण बढाउन आवश्यक रहेको बताए।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: