यदि प्यान नम्बर बिनाको कर्मचारीलाई तलब दिएको छ भने त्यस्ता कम्पनीले खर्चकोरुपमा देखाउन पाउने छैनन्।कुनै पनि कर्मचारीलाई तलब बैङ्क खातामार्फत दिनुपर्ने भएकाले प्यान अनिवार्य हुनेछ। केन्द्रीय तथ्याङ्क विभागका अनुसार हालसम्म ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान रहेका छन्। उसको आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो।हालसम्म ९ लाख जनाले प्यान नम्बर लिएको भनिएको छ। आर्थिक विधेयकमा कर्मचारीलाई तलब दिँदा प्यान अनिवार्य गर्नुपर्ने उल्लेख छ।
स्थायी लेखा नम्बर नभएको एक हजार रुपैयाँभन्दा माथिको मूल्यको विजक वापतको खर्च कट्टा गर्न नपाउने व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा उल्लेख छ। यो नयाँ व्यवस्थासँगै एक हजारभन्दा कम पारिश्रमिक हुनेले नगद भुक्तानी पाउँछ। नेपालका संस्थागत क्षेत्रमा काम गर्ने धेरैजसोले प्यान नम्बर लिएका छैनन्।
सरकारको प्यानको व्यवसायी तथा रोजगारदाताले विरोध गरेका छन्। सरकारले हजारभन्दा माथिको पारिश्रमिक बैङ्क खातामार्फत दिनुपर्ने प्रावधान गरेको र त्यसमा प्यान अनिवार्य भएकोमा कार्यान्वयन गर्न नसकिने बताएका छन्। प्यान लिनको लागि अनलाइन फारम भर्ने तरिका
सबैभन्दा पहिला आन्तरिक राजस्व विभागको वेभसाइट www.ird.gov.np टाइप गरेर होम पेजमा भएको Taxpayer मा क्लिक गरेर Registration मा जानु होस्। त्यसपछि एप्लिकेसन फर रजिष्ट्रेसनमा क्लिक गरी नाम थर भएको बक्समा आप्नो नाम र थर लेखेर भर्नुहोस्। त्यसपछि युजर नेममा आफू सम्झने नाम राख्नुहोस्। पासवर्ड हाल्नुहोस् र फेरि अर्को बक्स रिपासवर्डमा त्यही अघि राखेको पासवर्ड राख्नुहोस्। सम्पर्क नम्बर र इमेल ठेगाना राख्नुहोस्। कुन कार्यालयबाट प्यान नम्बर लिने हो सो ठेगाना आइआरओ नम्बरमा खुलाउनुहोस्। त्यसपछि ओके बटनमा थिच्नुहोस्।
यति गरेपछि तपाईको व्यक्तिगत विवरण माग्नेछ। सो अनुसार भर्दै जानुहोस् र सबमिट गर्नुहोस्। सबमिट भएपछि सबमिट र सेभ अप्सन इनेबल हुन्छ। त्यसपछि प्रिन्टमा थिचेर त्यसलाई प्रिन्ट गर्नुहोस्। सोही प्रिन्ट लिएर सम्बन्धित कार्यालयमा जानुहोस्। कार्यालयले तपाईंलाई विवरण जाँच गरेर प्यान नम्बर दिनेछ। यसका लागि कुनै शुल्क लाग्ने छैन।
प्रतिकृया लेख्नुहोस्: