Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

विश्वकप क्रिकेट फाइनल आज , विजेतालाई ४३ करोड ८१ लाख रुपैयाँ पुरस्कार

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज (आइतबार) आयोजक इङ्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । लन्डनस्थित लर्डस क्रिकेट मैदानमा दिउँसो ३ः१५ बजे सुरु हुने फाइनल खेलमा दुवै टोलीको लक्ष्य उपाधि चुम्ने रहेको छ । विश्वकपको पहिलो संस्करणदेखि सहभागिता जनाउँदै आएको इङ्ल्यान्ड र न्युजिल्यान्ड दुवैले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । घरेलु मैदानमा यसपटक कुनैपनि हालतमा उपाधि जित्ने इङ्ल्यान्डको लक्ष्य छ । साविक उपविजेता न्युजिल्यान्ड पनि आयोजकलाई कडा चुनौती दिन आतुर छ ।

आयोजक इङ्ल्यान्ड लिग चरणमा तेस्रो बन्दै सेमिफाइनलमा पुगेको थियो । इङ्ल्यान्डले लिग चरणमा ६ जित र तीन हारको नतिजा निकालेको थियो । सेमिफाइनलमा भने इङ्ल्यान्डले साविक विजेता अष्ट्रेलयालाई आठ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । इङ्ल्यान्ड यो सहित चौथो पटक फाइनलमा पुगेको हो ।

यसैगरी न्युजिल्यान्डले लिग चरणका नौ खेलमा पाँच जित, तीन हार र एक अनिर्णित नतिजा निकालेको थियो । न्युजिल्यान्ड लिग चरणमा चौथो बन्दै सेमिफाइनलमा पुगेको थियो । न्युजिल्यान्डले लिग चरणमा पाकिस्तानलाई रन रेटका आधारमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा भने न्युजिल्यान्डले बलियो टोली भारतलाई १८ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । न्युजिल्यान्डले दिएको दुई सय ४० रनको मध्यम लक्ष्य पछ्याएको भारत ४९.३ ओभरमा सबै विकेटअ गुमाएर दुई सय २१ रनमा समेटिएको थियो ।

सबल र दुर्बल पक्ष

क्रिकेट खेलको जन्म भएको देश हो, इङ्ल्यान्ड । इङ्ल्यान्ड यसअघि सन् १९७९, सन् १९८७ र सन् १९९२ मा गरी तीनपटक विश्वकपको फाइनलमा पराजित भएको छ । सन् १९९२ पछि इङ्ल्यान्डले यसपटक फाइनल खेल्दैछ । त्यसैले पाँचौं पटक विश्वकपको आयोजना गरिरहेको इङ्ल्यान्ड यसटक उपाधि जित्न निकै लालायित देखिएको छ । सन् १९७९ को विश्वकपमा इङ्ल्यान्डलाई वेस्ट इन्डिजले हराएको थियो भने सन् १९८७ को फाइनलमा इङ्लिस टोली अस्ट्रेलियासँग पराजित भएको थियो । सन् १९९२ को विश्वकपमा इङ्ल्यान्डलाई पाकिस्तानले हराएको थियो ।

यसैगरी न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा पुगेको हो । सन् २०१५ को विश्वकपको फाइनलमा न्युजिल्यान्ड अस्ट्रेलियासँग सात विकेटले पराजित भएको थियो । यसपटक न्युजिल्यान्ड र इङ्ल्यान्ड दुवैको प्रदर्शन उत्कृष्ट छ । दुवै टोलीको ब्याटिङ र बलिङ फर्ममा छ । इङ्ल्यान्डका जोय रुट कुल पाँच सय ४९ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा छन् । उनले दुई शतक र तीन अर्धशतक प्रहार गरिसकेका छन् । अर्का ब्याट्सम्यान जोनी बेयरस्टले पनि चार सय ९६ रन बनाएका छन् । उनले दुई शतक र दुई अर्धशतक प्रहार गरेका छन् । जासन रोयले एक शतक र चार अर्धशतकको मद्धतले चार सय २६ रन बनाएका छन् । बेन स्टोक्सले पनि चार अर्धशतक हान्दै तीन सय ८१ रन बनाएका छन् । बलिङतर्फ इङ्ल्यान्डका जोफरा आर्चरले १९, मार्क उडले १७ र क्रिस वाक्सले १३ विकेट लिइसकेका छन् ।

यसैगरी न्युजिल्यान्डका कप्तान केन विलियम्सनले पनि पाँच सय ४८ रन बनाइसकेका छन् । उनले दुई शतक र दुई अर्धशतक प्रहार गरेका छन् । रोस टेलरले पनि आठ खेलमा तीन अर्धशतकको हान्दै तीन सय ३५ रन बनाएका छन् । बलिङतर्फ न्युजिल्यान्डका लोकी फर्गुसनले १८ विकेट लिइसकेका छन् । ट्रेन्ट बल्टले पनि १७ विकेट लिएका छन् । म्याट हेनरीले १३ विकेट हात पारेका छन् । जारी विश्वकपको लिग चरणको खेलमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई एक सय १९ रनले हराएको थियो ।

इतिहास न्युजिल्यान्डको पक्षमा

इङ्ल्यान्ड र न्युजिल्यान्डबीच यसअघि खेलिएको एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड केही बलियो देखिएको छ । यी दुई टोली ९० वटा एकदिवसीय खेल भएको छ । जसमा न्युजिल्यान्डले४३ खेल जितेको छ । इङ्ल्यान्डले ४१ खेल जितेको छ । दुई खेल बराबरीमा सकिएको छ भने चार खेल अर्निर्णित बनेको थियो । एकदिवसीय विश्वकपमा भने यी दुई टोली नौ पटक भिडेका छन् । ज्युजिल्यान्डले पाँच खेल जितेको छ भने इङ्ल्यान्ड चार खेलमा विजयी भएको छ । बास्तवमा यी र्दुइ टोलीको स्तर समान देखिन्छ ।

नयाँ विजेता निश्चित

सन् १९७५ देखि सुरु भएको विश्वकपको ११ वटा संस्करण सम्पन्न हुँदासम्म पाँचवटा देशले मात्र उपाधि जितेका छन् । अस्ट्रेलियाले पाँचपटक विश्वकप पाधि जितेको छ । वेस्ट इन्डिज र भारतले दुई दुई पटक विश्वकप जितेका छन् । पाकिस्तान र श्रीलंकाले एक एक पटक उपाधि जितेका छन् । विश्वकपको १२औं संस्करण आइपुग्दा इङ्ल्यान्ड र न्युजिल्यान्डमध्ये जसले जिते पनि विश्वकपले नयाँ विजेता पाउने निश्चित छ ।

विजेतालाई ४५ करोड

एकदिवसीय विश्वकपको विजेता टोलीले चार मिलियन अमेरिकी डलर (करिव ४५ करोड रुपैयाँ) पुरस्कार पाउनेछ । यो हालसम्मकै सर्वाधिक पुरस्कार राशी हो । यसअघि सन् २०१५ को विश्वकप विजेता अस्ट्रेलियाले ३.९७५ मिलियन डलर पुरस्कार पाएको थियो । सन् २०११ मा भारतले विश्वकप जित्दा ३.२५ मिलियन डलर पुरस्कार पाएको थियो । यसैगरी उपविजेताले दुई मिलियन अमेरिकी डलर (करिव २२ करोड ४६ लाख रुपैयाँ) पुरस्कार पाउनेछ । सन् २०१५ उपविजेता बनेको न्युजिल्यान्डलेम १.७५ मिलियन डलर पुरस्कार पाएको थियो । विश्वकप आयोजक आईसीसीले पुरस्कार राशीका मात्र कूल १० मिलियन डलर (एक अर्ब १२ करोड २९ लाख रुपैयाँ) खर्च गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending