गलेश्वर । आर्थिक वर्षको अन्त्यमा सयौँ योजनाको भुक्तानी गर्नुपर्ने बेलामा बेनी नगरपालिकाका लेखा अधिकृत भागेपछि नगरपालिकामा खैलाबैला मच्चिएको छ ।
एउटा विद्यालयका प्रधानाध्यापकसँगको सामान्य विवादको विषयलाई लिएर नगरपालिकाका लेखा अधिकृत नारायणप्रसाद सुवेदीले प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मालाई साउन ५ गतेसम्मको बिदा लेखेर भागेपछि बेनी नगरपालिकाका विभिन्न क्षेत्रका सयौँ उपभोक्ता समितिले नगरपालिकाबाट पाउनुपर्ने भुक्तानी रोकिएको छ ।
नगरपालिकाको प्रशासन तथा लेखा शाखामा भुक्तानी गर्नुपर्ने सयौँ योजनाका फाइलको चाङ लागेको छ । बेनी नगरपालिकाको स्वीकृत कार्यक्रमअनुसार विद्युतीय पुस्तकालय र विज्ञान प्रयोगशाला स्थापना गरी भुक्तानी लिन आएका बेनी नगरपालिका–२ भकुण्डेस्थित अर्जुन माविका प्रधानाध्यापक शिव खत्री र लेखा अधिकृत सुवेदीबीच बुधबार विवाद भएको थियो । लेखा अधिकृत सुवेदीले स्वीकृत कार्यक्रम र बजेट शीर्षकमा अन्य विद्यालयले नै भुक्तानी लगिसकेकाले थप भुक्तानी गर्न नसक्ने अडान लिएपछि विवाद शुरु भएको थियो ।
“आर्थिक वर्षको अन्तिममा लेखा अधिकृत हिँडेपछि नगरपालिका पूरै ठप्पै भएको छ । समस्या आएको भए सुल्झाउन सकिन्थ्यो तर बिल भुक्तानीको विषयमा लेखा अधिकृतलाई दुव्र्यवहार भएछ”, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले भने, “बिदा लेखेर जानु भएको छ, फर्काउने प्रयत्न जारी छ, सम्भव भइरहेको छैन ।”
लेखा अधिकृत सुवेदीले प्रमुख प्रशासकीय अधिकृतलाई ‘आफूमाथि दुव्र्यवहार’ भएको लिखित रुपमा साउन ५ गतेसम्मका लागि घर बिदा मागेर निस्केपछि आर्थिक वर्षको अन्तिममा विभिन्न योजना र कार्यक्रमका भुक्तानी फाइल रोकिएका छन् । नगरपालिकाले ६ लाख ५० हजारका दरले तीन वटा माविमा ई–पुस्तकालयका लागि बजेट विनियोजन गरेको थियो । तर नगरपालिकाका शिक्षा शाखा हेर्ने अधिकृतले ‘भूलवश’ तीन स्कुल हुनुपर्नेमा चार वटा स्कुललाई ई–पुस्तकालय कार्यक्रम परेको जानकारी गराउँदा समस्या भएको नगरपालिकाले जनाएको छ ।
अर्जुन माविका प्रधानाध्यापक खत्रीले आफ्नो कुनै गल्ती नभएको बताए । “योजना सम्पन्न भएपछि पूरै प्रमाणको फाइल बोकेर भुक्तानी लिन गएको थिएँ”, प्रअ खत्रीले भने, “प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत गरिसकेपछि फाइल लगेर लेखा अधिकृतकहाँ जाँदा उनले भुक्तानी दिन नमिल्ने भन्दै अपमानित गर्न खोजेपछि मैले ‘तपाइँलाई पनि कुनै शिक्षकले पढाएर नै यो ठाउँमा पुगेको हो, शिक्षकलाई अपमानित गरेर आफ्नो हैसियत नबिर्सनुहोस् भनेको हुँ’, प्रधानाध्यापक खत्रीले बताए ।
–––
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: