Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

यसरी प्रयोगशालाबाटै पन्ध्र लाखको विषादी जाँच सम्भव

भारतसँगको सबै नाकामा तत्कालका निम्ति दुई समूहका विषादीको अवशेष परीक्षण गरिए मात्रै पनि धेरै विषादीयुक्त तरकारी तथा फलफूल भित्रिने जोखिम न्यून हुने विज्ञहरूले बताएका छन्।

सबै खालको विषादी जाँचको प्रबन्ध नहुँदासम्म कार्बामाइट र अर्गानोफोस्पेटको परीक्षण गरिनु पर्ने र त्यसका लागि धेरै लगानी नलाग्ने उनीहरूको भनाइ छ।

सरकारी अधिकारीहरूले अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला सबै नाकामा नभएकाले भारतबाट आयात हुने तरकारी तथा फलफूल जाँच गर्न सक्ने अवस्था नरहेको बताएका छन्।

तर देशभर ती दुई समूहको विषादी परीक्षण गर्न सक्ने सातवटा प्रयोगशाला रहेको र त्यहाँबाट परीक्षणलाई निरन्तरता दिइने उनीहरूले जनाएका छन।

संसद्‍देखि सडकसम्म तताउने विषय
आयातित तरकारी तथा फलफूलको विषादी परीक्षणको विषय संसद्‍देखि सडकसम्म चर्चामा छ।

विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट पूर्वाधार नभएको भन्दै पछाडि हटेका कारण सबैतिरबाट सरकारको आलोचना भएको छ।

तर विषादीबारेका जानकारहरूले सरकारले हाल दुई समूहका विषादीको परीक्षणलाई अगाडि बढाउन सकेमा मात्रै पनि धेरै विषादी नभित्रिने र भविष्यमा अरू समूहको विषादी परीक्षण अगाडि बढाउन सहज हुने बताए।

जनशक्तिको प्रश्न
नेपाल केमिकल सोसाइटीका अध्यक्ष प्राध्यापक डा। निरञ्जन पराजुली भन्छन्, कार्बामाइट र अर्गानोफोस्पेट समूहका विषादीको परिक्षण कालिमाटीमा हुन्छ, त्यो परीक्षणमात्रै सबै नाकामा हुनसक्यो भने पनि धेरै कम विषादी भित्रिन्छ।

यसो गर्दा आयात गर्नेहरूले पनि परीक्षणको डरले विषादी नभएका तरकारी र फलफूल ल्याउन थाल्ने उनको भनाइ छ।

डा. पराजुली भन्छन्, एउटा प्रयोगशालाका लागि १५ लाख रुपैयाँमात्र लगानी गर्न सक्यो भने यो जाँच सम्भव छ र सबै नाकामा एकसाथ गर्न सकिन्छ।

तर रसायनशास्त्र पढेको व्यक्तिले मात्रै रसायन परीक्षण गर्नसक्ने भएकाले प्रयोगशालामा उनीहरूको दरबन्दी राखिनुपर्ने उनी औंल्याउँछन्।

रसायनशास्त्र पढेकाहरू प्रयोगशालामा नहुँदा परीक्षण केवल देखावटी हुने पराजुलीको भनाइ छ।
सुरुवाती चरणमा प्रयोगशाला भएको भन्दै विषादी परीक्षणको निर्णय गरेको सरकारले दुई समूहको विषादी परीक्षण गर्नसक्ने अवस्थामा छवटा प्रदेशमा प्रयोगशाला रहेको र त्यसलाई अगाडि बढाइने जनाएको छ।

सरकारी तयारी
कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव युवकध्वज जिसीले भने, गत सालदेखि हामीले दुई प्रकारका विषादी परीक्षण हुने प्रयोगशालाहरू सात ठाँउमा स्थापना गरेका छौँ।

प्रयोगशालाहरू सञ्चालनमा छन् र कर्मचारी राख्ने क्षमता अभिवृद्धि गर्ने ढङ्गले हामीले काम गरिरहेका छौँ। सबै ठाँउमा परीक्षणको व्यवस्था गर्छौँ।

प्रदेश नम्बर १ को बिर्तामोडमा, प्रदेश नम्बर २ को सर्लाहीको नवलपुरमा, प्रदेश नम्बर ३ को काठमान्डूको कालिमाटीमा, गण्डकी प्रदेशको पोखरामा, प्रदेश नम्बर ५ को बुटवलमा र नेपालगंजमा एवम् सुदुरपश्चिम प्रदेशको कैलालीको अतरियामा प्रयोगशाला छन्।

भारतबाट तरकारी तथा फलफूल नेपाल ल्याउँदा स्वच्छताको प्रमाणपत्रसँगै विषादी परीक्षणको प्रमाणपत्र पनि लिएर आएमा भने प्रमाणपत्रकै आधारमा स्वीकृति दिने व्यवस्था मिलाइने अधिकारीहरु बताउँछन्।

२९ प्रकारकै विषादीको परीक्षण गर्न सक्ने अवस्थामा सबै प्रदेशका प्रयोगशाला तयार हुन आवश्यकता अनुसारको बजेट आएमा पनि कम्तिमा एक वर्ष लाग्ने अनुमान अधिकारीहरुको छ। एजेन्सी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending