Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

राष्ट्रपति सीको नेपाल भ्रमण हुन्छ : चीन

काठमाडौं । चीनका परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण चीनको कूटनीतिक एजेन्डामा रहेको स्पष्ट पारेका छन् । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बुधबार भएको भेटवार्तामा वाङले भ्रमणको समयबारे थप छलफल गर्नुपर्ने बताए । चीनको दलियानमा १३औँ वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठक सकेर बेइजिङ पुगेका परराष्ट्रमन्त्री ज्ञवाली र वाङबीच आधा घन्टा छलफल भएको थियो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ -परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर रहेको भन्दै उच्चस्तरीय भ्रमण आदान–प्रदानले सम्बन्ध थप सुदृढ हुने बताएपछि जवाफमा वाङले सीको भ्रमण हुने बताएका हुन् । ‘उच्चस्तरीय भ्रमण ९राष्ट्रपति सीको नेपाल भ्रमण गराउने नेपालको चाहना०मा हामी सकारात्मक छौँ । नेपालको चाहनाबारे हामी पूर्ण जानकार र सकारात्मक छौँ,’ चिनियाँ परराष्ट्रमन्त्री वाङको भनाइ उद्धृत गर्दै बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले भने ।

भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवाली, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारी र उपनियोग प्रमुख लम्साल सहभागी थिए । लम्सालका अनुसार वाङले सम्भावित भ्रमणको मिति र अनुकूलताबारे दुवै पक्षबीच परामर्श जारी राख्नुपर्ने धारणा राखेका थिए । उनले उपयुक्त समयमा राष्ट्रपतिको भ्रमण हुने जवाफ पठाएका थिए ।

नेपालले पाँच वर्षदेखि राष्ट्रपति सीको भ्रमणका लागि जोड दिँदै आएको छ । कूटनीतिक स्रोतका अनुसार राष्ट्रपति सी तीन महिनापछि भारत भ्रमणमा जाँदै छन् । अक्टोबर ११ मा उनले वाराणसीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने तयारी भइरहेको छ । त्यसवेला राष्ट्रपति सीको नेपाल भ्रमण गराउन नेपालका तर्फबाट कोसिस भएको छ ।

दक्षिण एसियाको करिडोर
चिनियाँ परराष्ट्रमन्त्री वाङले हिमालय सीमापार बहुआयामिक कनेक्टिभिटी नेटवर्कअन्तर्गत नेपालसँग सहकार्य गर्न चीन प्रतिबद्ध रहेको बताएका छन् । नेपाललाई चीनले दक्षिण एसिया प्रवेशको करिडोरका रूपमा बुझेको र त्यहीअनुसार परियोजना अघि बढाउन चीन प्रतिबद्ध रहेको वाङको भनाइ थियो । परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको बेग्लाबेग्लै राजकीय भ्रमणका वेला भएका सहमति र समझदारी कार्यान्वनयमा जोड दिएका थिए ।

‘नेपालको व्यापार क्षमता अभिवृद्धि गर्न, हवाई रुट थप विस्तारलगायतका विषयमा चीनको सहयोगको अपेक्षा गरेका छौँ’ परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ थियो । जवाफमा चिनियाँ परराष्ट्रमन्त्री वाङले बेइजिङ र ग्वान्जाओ उडानका लागि तदारुकताका साथ छलफल गर्न चीन तयार रहेको बताए । परराष्ट्रमन्त्री ज्ञवालीले बिहीबार चिनियाँ कम्युनिस्ट पार्टीका पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी शुक्रवार स्वदेश फर्किनेछन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending