Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

केन्याका बारमा नेपाली चेलीको चित्कार

काठमाडौं । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले बिहीबार यस्तो ट्वीट गरे– ‘दशकदेखिको समस्या। केन्या र तान्जानियाका कैयन मुजरा डान्सबारमा निरन्तर सयभन्दा बढी नेपाली चेलीहरु नाचिरहेका छन्। यातना दिने, पुलिसले पक्रने यो पहिलो पटक होइन। सरकार, दूतावास सबैलाई बारम्बार जानकारी गराइएको छ। सरकारको नजर पुगोस्।’

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ उनले यो सन्देश परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र हेलो सरकारलाई मेन्सन गरेका छन्। त्यससँगै एउटा तस्बिर राखेका छन्, जुन केन्याको लोकप्रिय दैनिक ‘नेसन’ को गत शनिबारीय अंकको प्रथम पृष्ठ हो। त्यसको मुख्य खबर छ, ‘नेपालमा छोरी जन्मिन्छन्, केन्यामा दास बनाइन्छन्।’ समाचारभित्र केही युवतीको अनुहार नखुल्ने तस्बिर छ, जो त्यहाँका गैरकानुनी रात्रि–क्लबमा नाचिरहेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका नेपाली हुन्। त्यसको दायाँतिर हिरासतमा राखिएका एक विदेशी छन्, जो त्यस क्लबका सञ्चालक हुन्।

केन्याको न्यालीस्थित न्यु रंगीला बारमा राति नाचिरहेका अवस्था प्रहरीले हालै छापा मारेर १२ नेपाली युवतीलाई पक्राउ गरेको हो। त्यसका सञ्चालक असिफ अमिराली अलिभाइ जेथालाई पनि गिरफ्तार गरी मुद्दा चलाएको छ।

थापाका अनुसार एक दशकभन्दा लामो समयदेखि नेपालबाट युवतीलाई लगी अवैध क्लबमा नचाउने गिरोह सक्रिय छ। ‘पाँच–छ वटा क्लबमा कम्तीमा सय नेपाली युवतीलाई यो पेसामा सामेल गराइएको अनुमान छ’, वर्षौंदेखि अफ्रिकामा बस्दै आएका उनले भने, ‘तिनीहरू ललाईफकाई ल्याइएका हुन्।’

पक्राउ परेका युवतीहरूले बताएअनुसार उनीहरू काठमाडौं ठमेलका बारमा नाच्थे। नेसनको समाचारमा ४ युवतीका मार्मिक पीडा समेटिएको छ। तीमध्ये एक युवती ७ सन्तानमध्ये जेठी हुन्। लगातार जन्मिइरहेका भाइ–बहिनीलाई हेर्नुपर्ने बाध्यताले उनले ७ वर्षमै स्कुल छाडिन्। उमेर छिप्पिने र जिम्मेवारीले थिच्ने क्रममा नाचमा लागिन्।

काठमाडौं पुगेर बारमा नाच्दै केही कमाइरहेकी उनले अचानक एक एजेन्ट भेटिन्। विशाल नामको उक्त एजेन्टले भन्यो, ‘केन्या गयो भने धेरै कमाइ हुन्छ। फिल्ममा खेल्ने कलाकारको काम पाइन्छ। के गछ्र्यौ रु ’ विदेश सपना उनको पनि थियो। त्यसमाथि कलाकार बन्ने अवसर रु प्रलोभनमा परिन्। केही दिनमै उनको पासपोर्ट आयो। टिकट आइपुग्यो।

गत वर्ष नोभेम्बर १२ मा केन्या पुगेकी उनलाई असिफले एयरपोर्टबाट लगे। एउटा अपार्टमेन्टमा राखे। र, नाच्ने काममा भर्ना गरे। पासपोर्ट खोसिएकी उनी यसरी फसिन्।

न्यू रंगीला अत्यन्त महँगो डान्स क्लब हो। यहाँ सम्भ्रान्त र चिरपरिचित व्यक्ति मात्र छिर्न पाउँथे। बाहिर कुनै संकेत नभएको उक्त इलाकामा नचिनेको व्यक्ति जानै पाउँदैन थियो। त्यहाँ कार्यरत युवतीहरूलाई ग्राहकमार्फत् यौन दुव्र्यहारसमेत गरेको पाइएको पत्रिकाले लेखेको छ।

‘उनीहरू टुरिस्ट भिसामा ल्याइन्छन् र बन्दक बनाएर राखिन्छन्’, यस्ता घटना देख्दै र त्यसविरुद्ध ध्यानाकर्षण गराउँदै आएका थापा भन्छन्, ‘प्रहरीले कहिले काहीं छापा मार्छ। पैसाले कुरा मिलिहाल्छ। यदाकदा मात्र उठाएर लैजाने हो।’

त्यहाँका बारमा हिन्दी गीतमा नेपाली यवतीले नाच्ने गर्छन्। अति कम पारि श्रमिक दिँदा हुने भएकाले नेपालीको मानव तस्करी बढेको हो।

अर्की युवतीले त्यहाँको प्रहरीलाई बताएअनुसार उनीहरूलाई मासिक ‘टार्गेट’ दिइएको हुन्छ। त्यसको १० प्रतिशत पनि पारि श्रमिक दिइँदैन। ‘हामीलाई बसेको अपार्टमेन्टबाट क्लब लगिन्छ, क्लबबाट अपार्टमेन्ट’, उनले भनेकी छन्, ‘कतै निस्कन दिइँदैन। महिनामा एक दिन बिदा दिइन्छ। तर, कर्मचारीले छाड्दैनन्। अपराह्न ३ देखि ६ बजेबाहेक अरू समयमा फोन चलाउन पाइँदैन।’

तेस्री युवती पनि पारिवारिक बाध्यताले सानैमा स्कुल छाडेकी हुन्। उनलाई एजेन्टले असिफसँग सिधै कुरा गराएर पठाएको थियो। ‘मैले एक महिनाको तलब पहिल्यै चाहिन्छ भनें’, उक्त पत्रिकाका प्रतिनिधिसँग उनले भनेकी छन्, ‘टिकट र पैसा पठाइदिए। घरको ऋण तिरेर यता आएँ। यो नर्कमा फसें।’

अर्की महिलाले स्कुल छाड्नासाथ बिहे गरिन्। श्रीमान् सहितको सल्लाहमा पैसा कमाउन विदेश उडिन्। मानव तस्करीको जालोमा परेर केन्या पुगिन्। र, डान्स बारमा काम गर्न बाध्य भइन्।

थापा भन्छन्, ‘नेपाल सरकारले नेपाली चेलीको चित्कार सुनेर ठोस कदम चाल्नैपर्छ। नत्र फकाएर ल्याई नारकीय जीवन जिउन बाध्य पार्ने क्रम बढिरहनेछ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending