परासी । औद्योगिक क्षेत्रको रुपमा विकास हुँदै आएको पश्चिम नवलपरासीमा औद्योगिक सुरक्षा बल राख्न यहाँका उद्योग व्यवसायीहरूले माग गरेका छन् । असुरक्षाका कारणले उद्योग सञ्चालन गर्न कठिनाई हुँदै गएकोले सरकारी नीति बमोजिम नै औंद्योगिक सुरक्षा बलको व्यवस्था गर्न उनीहरूले माग गरेका हुन् ।
पछिल्लो समय पश्चिम नवलपरासीमा धमाधम उद्योग तथा कलकारखाना स्थापना भइरहेका छन् । विशेषगरी भूमही–परासी–भैरहवा सडक खण्ड, रामग्राम नगरपालिका, सुनवल नगरपालिकामा ठूलाठूला लगानीका उद्योग सञ्चालनमा छन् भने अझै खुल्ने क्रम जारी छ ।
जिल्लामा सिमेन्ट, पेय पदार्थ, मदिरा, छड, मोटरसाइकललगायत बहुराष्ट्रिय कम्पनीका ठूला र मझौला गरी सयौँ उद्योग सञ्चालनमा छन् भने हजारौँको सङ्ख्यामा घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको उद्योग वाणिज्य सङ्घका जिल्लाअध्यक्ष केशव भण्डारीले बताए ।
लुम्बिनी र भैरहवा क्षेत्रका उद्योग विस्थापित भई यहाँ स्थापना भएको तथा महेशपुर मूल भन्सार सञ्चालनमा आएपछि जिल्लामा उद्योग स्थापना हुने क्रम बढेको उनकोे भनाइ थियो ।
औँद्योगिक लगानी बढ्दै गइरहेका बेला औद्योगिक सुरक्षा बल नितान्त आवश्यक रहेको उल्लेख गर्दै उले भने,“लगानीको वातावरण सिर्जना गर्न औद्योगिक सुरक्षा बलको व्यवस्था गर्न माग गरेका हौँ ।”
औँद्योगिक करिडोर बनाएर सहज रुपमा उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना गर्न सरकारसँग उद्योगीले माग गरिरहेका छन् । आरती एग्रो इण्ड्रष्ट्रीजका सञ्चालक नगेन्द्र अग्रहरीले राज्यलाई ठूलो मात्रामा राजश्व बुझाएर उद्योग सञ्चालन गरे पनि सुरक्षाको प्रत्याभूति दिन नसकेको बताए ।
“चन्दा, बन्द, हडतालजस्ता क्रियाकलापले हाम्रो मनोबल घटाइरहेको छ, सरकारले सुरक्षाको प्रत्याभूति गराउनुपर्छ, औद्योगिक क्षेत्रको रुपमा विकास भईरहेको यस जिल्लामा औद्योगिक सुरक्षा बल नै आवश्यक छ ।”
उद्योग सञ्चालन भइरहेको स्थानमा स्थानीयवासीबाट विभिन्न बहानामा आन्दोलन हुने र त्यसले उद्योग सञ्चालनमा समेत अवरोध पुर्याउने गरेको उनको भनाइ थियो ।
जिल्लामा औंद्योगिक वातावरण बनिरहेका कारण अन्य ठाउँका उद्योगी पनि यहाँ लगानी गर्न इच्छुक रहेकाले औद्योगिक सुरक्षा बल स्थापना भएर उद्योगको सुरक्षा, कच्चापदार्थ आयात सहज बनाउन सके उद्योगको सङ्ख्या अझै बढ्ने सङ्घका पूर्वअध्यक्ष वीरेन्द्र अग्रहरीले बताए।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले उद्योगीको माग जायज भएकाले आगामी जिल्ला सुरक्षा समितिको बैठकमा यस विषयमा निर्णय गरेर गृहमन्त्रालयलाई सिफारिस गरिने बताए । उनले भने, “हाम्रो मुख्य काम नै शान्ति सुरक्षा दिनु हो, सहज रुपमा उद्योग सञ्चालन गर्ने वातावरण हुन्छ, तपाईहरु निर्धक्क भएर उद्योग सञ्चालन गर्नुस् सुरक्षाको प्रत्याभूति हामी गराउँछौँ ।”
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: