लन्डन । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत शुक्रबार भएको खेलमा श्रीलंकाले रोमाञ्चक जित हात पारेको छ। हेडिङ्लीमा भएको खेलमा श्रीलंकाले घरेलु टोली इङ्ल्यान्डलाई २० रन पराजित गर्दै जारी विश्वकपमा दोस्रो जित निकालेको हो।
श्रीलंकाले दिएको २३३ रनको मध्य लक्ष्य पछ्याएको इङ्ल्यान्डले ४७ ओभरमा सबै विकेट गुमाएर २१२ रन मात्र बनाउन सक्यो। इङ्ल्यान्डलाई लक्ष्यबाट विमुख बनाउन श्रीलंकाका लासिथ मालिंगा र धनञ्जय डी सिल्भाले उत्कृष्ट बलिङ गरे। मालिंगाले चार विकेट लिए।
अनुभवी बलर मालिंगाले प्रारम्भिक ब्याट्सम्यान जोनी बेयरस्ट, जेम्स भिन्स, जोए रुट र जस बटलरको विकेट लिए। यसैगरी डी सिल्भाले तीन विकेट लिने क्रममा मोइन अली, क्रिस वाक्स र अदिल रसिदलाई पेभेलियन पठाए। यस्तै इसुरु उदानाले पनि दुई तथा नुवान प्रदीपले एक विकेट हात पारे।
इङ्ल्यान्डका लागि बेन स्टोक्स र जोए रुटले अर्धशतकीय पाली खेले। लामो समय क्रिजमा डटेका स्टोक्सले ८२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ८९ बलमा चार छक्का र सात चौका हिर्काए। यसैगरी ८९ बलको सामना गरेका रुटले तीन चौकाको मद्दतमा ५७ रन बनाए। यस्तै कप्तान इयोन मोर्गनले २१, मोइन अलीले १६, प्रारम्भिक ब्याट्सम्यान जेम्स भिन्सले १४ र जस बटलरले १० रन बनाए।
यसअघि हेडिङ्लीमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले खराव सुरुवात गरेको थियो। टोलीले तीन रन जोड्दा दुई विकेट गुमाइसकेको श्रीलंकाको पालीलाई अभिस्का फर्नान्डो, एन्जेलो म्याथुज र कुसल मेन्डिसले सम्हालेका थिए। फर्नान्डो अर्धशतक बनाउन १ रनले चुके भने कुसल मेन्डिस ४६ रन बनाएर पेभिलियन फर्किए । म्याथुजले भने अन्तिमसम्म डटेर । ।श्रीलंकाको पारी समाले । श्रीलंकाले नौ विकेटको क्षतिमा २३२ रनको सम्मानजनक योगफल खडा गरेको थियो।
श्रीलंकाका लागि एन्जेलो म्याथुजले अविजित ८५ रन बनाए। ११५ बल खेलेका उनले एक छक्का र पाँच चौका हिर्काए। यसैगरी अभिस्का फर्नान्डोले ३९ बलमा दुई छक्का र ६ चौकाबाट ४९ र मेन्डिसले ६८ बलमा दुई चौकाको मद्दतमा ४६ रन बनाए। यस्तै धनञ्जय डी सिलले २९ र इसुरु उदानाले ६ रन बनाए।
इङ्ल्यान्डका जोफरा आर्चर र मार्क उडले तीनरतीन विकेट लिए। यस्तै अदिल रसिदले दुई तथा क्रिस वाक्सले एक विकेट हात पारे।
जारी विश्वकपमा इङ्ल्यान्डले यसअघि चार खेलमा जित र एक खेलमा हार बेहोरेको थियो। दक्षिण अफ्रिका, बंगलादेश, वेस्ट इन्डिज र अफगानिस्तानलाई हराएको इङ्ल्यान्ड पाकिस्तानी टोलीसँग भने अप्रत्याशित रूपमा १४ रनले पराजित भएको थियो। इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई एक सय चार रन, बंगलादेशलाई एक सय ६ रन, वेस्ट इन्डिजलाई आठ विकेट र अफगानिस्तानलाई एक सय ५० रनले पराजित गरेको थियो।
यसैगरी न्युजिल्यान्डसँग १० विकेट र अस्ट्रेलियासँग ८७ रनले पराजित भएको श्रीलंकाले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा ३४ रनले पराजित गरेको थियो। श्रीलंकाले वर्षाका कारण पाकिस्तान र बंगलादेशसँग एक÷एक अंक बाँड्नु परेको थियो।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: