Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

तीन सय नब्बे कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश

सुनसरी। नेपाली कांग्रेस परित्याग गरी सुनसरीको इनरुवा वडा नम्बर १, ४ र ८ का ३९० जना नेकपामा प्रवेश गरेका छन्। शनिबार इनरुवा ४ मा आयोजित कार्यक्रममा सबैलाई नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश १ ईञ्चार्ज भीम आचार्यले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन्।

नेकपा इनरुवा नगर कमिटीका सचिव रमेश तिम्सिनाका अनुसार वडा नम्बर ४ बाट अघिल्लो स्थानीय निर्वाचनमा वडा सदस्यको उम्मेदवार समेत रहेका युवा राजेश मेहताको नेतृत्वमा मगाई सरदार, बसियादेवी मुसहर, सन्तोष चौधरी, दुर्गा माँझी, सञ्जिब उराँव लुकमान मन्सुरी, अनिल उराव, कृष्ण प्रसाई, गीता मण्डल, सीता प्रसाई, भगवती गौतम, रामाधीन मेहता, राजीव मेहतासहित २५० जना नेकपामा प्रवेश गरेका हुन्।

त्यसैगरि वडा नम्बर ८ बाट राजवती मण्डल, पल्टन शर्मा, रामचन्द्र मण्डल, ईन्द्रदेव मण्डलसहित ३७ जना प्रवेश गरेका हुन्। वडा नम्बर १ बाट सुनिल साह, नवरत्न जैन, अजोधी साह, रामानन्द पोद्दार, रमेश साह, मनोज साह, विनोद शर्मा, सुवास गुप्ता, गोपाल चौधरी, अरुणादेवी साहसहित ८२ जना नेपाली कांग्रेस परित्याग गरी र विनोद साह राजपा परित्याग गरी नेकपामा प्रवेश गरेका हुन्।

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य भीम आचार्य, जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद मण्डल, प्रदेश सदस्य पोष्टकुमार नेपाल, शम्भुप्रसाद आचार्य, जिल्ला सदस्य रामप्रसाद मेहता, तीर्थ अधिकारी, रुद बस्नेत गोपी ढकाल लगायतले नवआगन्तुकहरुलाई स्वागत गरेका थिए।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: