Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

लोपोन्मुख संस्कारको जगेर्ना गर्दै निजी विद्यालय

वालिङ । लोप भएर जाने अवस्थामा रहेका विभिन्न संस्कृतिको संरक्षणमा भीरकोट नगरपालिका–१ हेलु नयाँ बजारस्थित कन्साइन्स इङ्लिस बोर्डिङ स्कूलका बालबालिका सक्रिय भएका छन् । विद्यालयमा कक्षा ५ देखि १० सम्म अध्ययनरत बालबालिकालाई दुनाटपरी, माटोका भाँडाकुँडा, बाँसको चोयाबाट डोकाडाला बुन्न सिकाउनुका साथै लोक भजन संरक्षणका लागि विद्यार्थीलाई अभिप्रेरित गर्दै आएको छ ।

आजका विद्यार्थीलाई किताबी ज्ञान मात्रै नभएर दैनिक जीवनमा प्रयोग हुने सीप पनि सिकाउन आवश्यक ठानी दुनाटपरी, माटोका भाँडाकुँडा तथा बाँसका डोकाडाला बुन्ने तरिका सिकाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फणिनारायण अर्यालले बताए ।

\'जग्गा भाडामा लिएर सामूहिक तरकारी लगाउन सिकाउने योजना पनि बनाएका छौँ\', अध्यक्ष अर्यालले भने, \'त्यसका लागि जग्गाको खोजी भइरहेको छ । पहिलो चरणमा नयाँ नयाँ सीपतर्फ विद्यार्थीलाई आकर्षित गर्न यो अभियान चलाएका हौँ ।\'

दुनाटपरी, माटोका भाँडाकुँडालाई प्लाष्टिकबाट बनेका भाँडाकुँडाले विस्थापित गरिरहेका बेला विद्यार्थीको माध्यमबाट पुराना संस्कार संस्कृतिको संरक्षणका लागि विद्यालयमै प्रयोगात्मक विधि अपनाइएको प्रधानाध्यापक जीवन अर्यालले बताए ।

\'विद्यालयका शिक्षक, शिक्षिका तथा अभिभावकको सहयोगमा दुनाटपरी बनाउन सिकाएका छौ\', प्रधानाध्यापक अर्यालले भने, \'विद्यालयमा सिकेका सीपलाई विद्यार्थीले घरमा पनि निरन्तर प्रयोग गरी उत्पादन भएका वस्तुको नमूना विद्यालयमा ल्याउने गरेका छन् ।\'

यस क्षेत्रमा प्रशस्त बाँस पाइने भएकाले पनि बाँसबाट विभिन्न सामान बनाउन सिकाउने विद्यालयले जनाएको छ । \'किताबी ज्ञान मात्रैले विद्यार्थी सीपयुक्त नहुने भएकाले विद्यार्थीलाई सक्रिय बनाउन र उनीहरुलाई रचनात्मक कार्यप्रति आकर्षित गर्नका लागि यो अभियान सञ्चालन गरेका हौँ\', प्रधानाध्यापक अर्यालले भने, \'विद्यार्थीलाई नयाँ ज्ञान हासिल गर्नका लागि र लोपोन्मुख अवस्थामा रहेका संस्कार संस्कृतिको संरक्षणका लागि उपयोगी हुने विश्वास लिएको छु ।\'

विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत यस खालका रचनात्मक र जीवन उपयोगी सीप सिकाउँदै आएको र आगामी दिनमा अझै प्रभावकारी र व्यवस्थित तवरले सञ्चालन गर्ने तयारीमा विद्यालय रहेको प्रधानाध्यापक अर्यालको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending