Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

सेनाले गर्‍यो विस्फोटकको परीक्षण

काठमाडौं । जंगी अड्डाले सुनाचुरीबाट उत्पादन हुने विस्फोटक पदार्थको गुणस्तर मापन गरेको छ । केही निजी कम्पनी र ठेकेदारले हेटौंडाको सुनाचुरी उद्योगबाट उत्पादित विस्फोटक पदार्थ कमसल भएको आरोप लगाउँदै आएका छन् । अड्डाले सुनाचुरी र ३ विदेशी कम्पनीबाट उत्पादित विस्फोटक पदार्थको तुलनात्मक गुणस्तर परीक्षण गरेको हो । पानी र जमिन दुवै स्थानमा सुनाचुरीबाट उत्पादित विस्फोटकको गुणस्तर परीक्षण गरिएको सेनाले जनाएको छ ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - गत वैशाख १९ गते निर्माणाधीन फास्ट ट्र्याकमा पर्ने सिस्नेरीमा विस्फोटक पदार्थको गुणस्तर मापन गरिएको हो । सुनाचुरीबाट उत्पादित विस्फोटक पदार्थको करिब एक साताअघि पानीमुनि (अन्डरवाटर) समेत सेनाले गुणस्तर मापन गरेको थियो । सेनाले विस्फोटक पदार्थ उत्पादनमा चाहिने कच्चा पदार्थ भारत र चीनबाट ल्याउने गरेको छ ।

सेनाले एक साताअघि सुनाचुरीबाट उत्पादित विस्फोटक पदार्थको त्रिशूलीमा अन्डरवाटर परीक्षण गरेको थियो । परीक्षणमा विस्फोटक पदार्थको गुणस्तर विदेशी कम्पनीका उत्पादन सरहकै पाइएको सैनिक स्रोतले जनाएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सुनाचुरीबाट उत्पादित विस्फोटकको जमिन र अन्डरवाटर परीक्षण गरिएको बताए । उनले भने, ‘तीन विदेशी कम्पनीका उत्पादनसँग तुलनात्मक परीक्षण गरिएको थियो । उनीहरूका उत्पादनभन्दा हाम्रो कमजोर छैन ।’

विस्फोटकमा आत्मनिर्भर हुने प्रयत्न भइरहेका बेला आफ्नो उत्पादनबारे निहित स्वार्थ बोकेका ठेकेदार कम्पनीले गलत प्रचार गर्न थालेपछि सेनाले विस्फोटकको तुलनात्मक परीक्षण गरेको हो । संखुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनाले सेनाद्वारा उत्पादित २ मेट्रिक टन विस्फोटक लगेको छ । अरुण तेस्रोले आगामी ५ वर्षभित्र ५ हजार ३ सय मेट्रिक टन विस्फोटक चाहिने जानकारी सेनालाई गराएको स्रोतले बताएको छ । सेनाले सुनाचुरीमा उत्पादन गरेको विस्फोटक किन्न अरुण तेस्रो इच्छुक देखिएको छ ।

विस्फोटकमा आत्मनिर्भर हुने प्रयासबीच आयात गर्ने कम्पनीले गलत प्रचार गरेपछि जंगी अड्डाले आफ्नो उत्पादनको गुणस्तर मापन गरेको हो । सेनाले जमिन प्वाल पार्न, स्टिल काट्न र पहाड फोड्न ती विस्फोटक पदार्थ परीक्षण गरेको थियो । परीक्षणमा सुनाचुरी उद्योगबाट उत्पादित विस्फोटक विदेशी कम्पनीको उत्पादन सरहकै गुणस्तर पाइएको थियो ।

जमिनमा प्वाल पार्ने क्रममा सुनाचुरीको विस्फोटकको क्षमता बढी देखिएको थियो । एक विदेशी कम्पनीबाट उत्पादित विस्फोटकले मात्र स्टिलको पूरै पाता छिनालेको थियो । सुनाचुरीलगायत अन्य दुई विदेशी कम्पनीबाट उत्पादित विस्फोटकले स्टिलको पाता छिनाल्न सकेन । परीक्षण क्रममा सुनाचुरीलगायत दुई विदेशी कम्पनीका विस्फोटकले स्टिलको पाता बंग्याएको मात्र थियो । ती विस्फोटकले स्टिललाई दुई टुक्रा पार्न सकेनन् । चट्टान फोड्नसमेत विदेशी कम्पनीका विस्फोटकसरह नै सुनाचुरीको विस्फोटकले काम गरेको सैनिक स्रोतले बताएको छ ।

नेपालमा बर्सेनि ५–७ हजार मेट्रिक टन विस्फोटक पदार्थ खपत हुँने गरेको छ । प्लान्ट अभावमा विगतमा धेरै विस्फोटक उत्पादन हुन सकेको थिएन । अहिले सेनाले सुनाचुरीमा एउटा प्लान्ट थपेको छ । दुई प्लान्टले पूर्ण क्षमतामा उत्पादन गरे नेपाललाई आवश्यक विस्फोटक पदार्थ सुनाचुरीबाट उत्पादन गर्न सकिने सेनाले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending